CG Electronics
IME Life
NIMB

महोत्तरीको जलेश्वर अस्पतालमा विशेष नवजात शिशु स्याहार कक्ष संचालनमा

NIMB
Himalayan Bank

 

निरंजन साह, जनकपुधाम । महोत्तरी जिल्ला को जलेश्वर अस्पतालमा विशेष नवजात शिशु स्याहार कक्ष संचालनमा ल्याएको छ ।

मासिक ५० देखि ७० जना बच्चा जन्मने गरेका जलेश्वर अस्पतालमा विशेष स्याहार कक्षको अभावका कारण अञ्चल अस्पताल तथा अन्य स्थानमा पुर्याउनु पर्ने अवस्था रहेको थियो।

शिशु स्याहार कक्षका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रप्रसाद यादवले उदघाटन गरेसँगै अब शिशु मृत्युदरमा कमी आउने बताए ।

हालसम्म १५ शैयामा सिमित रहेको जलेश्वर अस्पतालमा विरामीको चाप बढ्दै गएकोले , विगत केही वर्षदेखि जलेश्वर अस्पतालमा सफल सिएस हुन थालेपछि उक्त कक्षको आवश्यक्ता रहेका थिए। तत्काललाई विशेष नवजात शिशु स्याहार कक्ष र केही समयपछि भेन्टिलेटरसहितको कक्ष विस्तार गरिने राज्यमन्त्री यादवले बताए ।

हाललाई जलेश्वर अस्पतालमै कक्ष स्थापना गरिएपनि अस्पतालको अपग्रेडिंगका साथै विस्तारै हरेक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने लक्ष्य रहेको मन्त्री यादवले बताए ।

‘हामीले देशकै स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रतिवद्धता जनाएका छौं र सोही वमोजिम काम भइरहेको छ,’ राज्यमन्त्री डा.यादवले बोलेका छन ।

त्यस्तै प्रदेश नम्बर दुई का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जलेश्वर अस्पताललाई अझै स्तरिय र सुविधा सम्पन्नसहित ५० शैयाको बनाउन प्रदेश सरकारले काम थालिसकेको बताएका हो ।

विशेष कक्ष उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा।यादवले अस्पतालहरुको दुरावस्था हुनुमा कर्मचारीको मुख्य हात रहेकोले स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरुले ईमान्दारी पुर्वक काम नगरे तत्काल अन्तर जिल्ला वा अन्तर प्रदेश सरुवाको प्रकृया सुरु गर्ने बताएका हो ।

विगतमा विशेष नवजात शिशु स्याहार कक्ष नहुँदा जटिल अवस्थामा जन्मेको शिशुलाई जनकपुर रेफर गर्नु पर्दा केही बालबालिकाको बाटोमानै मृत्यु हुने गरेको थिए ।

जलेश्वर अस्पतालमा कर्मचारी अभाव तथा भएका कर्मचारीाको लापर्वाहीको कारण अस्पतालको अवस्था खस्कदै गएको स्थानीय ले जानकारी दिएको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...