वीरगन्ज घटनामा महिलाको चुल्ठो समाउने प्रहरीलाई कार्बाही गर्नु : मन्त्री यादव
Friday Nov 23, 2018
वि.सं.२०७५ मंसिर ७ शुक्रवार १२:५९

निरंजन साह ,जनकपुरधाम । प्रदेश नमूना दुईको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रति ध्यानाकृष्ट गराउँदै मन्त्री यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कार्बाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका छन ।
सशस्त्र प्रहरीका केही जवानले गएराती वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही सर्वसाधारण महिलाहरूलाई चुल्ठो समाएर लछारपछार गर्नका साथै निर्मम तरिकाले कुटपिट गरेका थिए ।
मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताएका छन । उनले भने, ‘कुनै पनि व्यक्तिको मर्यादा र आत्मसम्मानमा चोट पुग्ने गरी कानुन कार्यान्वयन गर्ने निकायले कार्बाही गर्ने कुरा सभ्य समाजका लागि बर्दाश्तयोग्य छैन । कानुनले पनि राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधि हुने परिकल्पना गरेको छैन ।’
सामान्य अवस्थामा अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायको प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै कुनै पनि घटनाको अनुसन्धानमा मानवअधिकारलगायत व्यक्तिको मौलिक अधिकार हनन नहुने विषयमा सुरक्षाकर्मीहरूलाई गम्भीर बन्नुपर्ने मन्त्री यादवले बताएका छन ।
‘अनुसन्धानमा अपमान, तिस्कार र ज्यादतीको पक्षपोषण गर्न सकिन्न । यस्तो गर्ने काम एउटा डरलाग्दो रोग हो जसबाट सुरक्षाकर्मीलाई उब्रिनैपर्छ,’ उनले भने उनले कुनै पनि घटनामा व्यक्तिलाई नियन्त्रणमा लिइँदा विधि र प्रक्रिया पूरा गर्नुपर्ने निर्देशनसमेत सशस्त्र अधिकारीहरूलाई दिए ।
मन्त्री यादवले वीरगन्ज घटनामा दोषी सुरक्षाकर्मीमाथि कार्बाही हुने आश्वासन दिँदै घटनाप्रति सशस्त्र प्रहरी बलको उच्च नेतृत्व संवेदनशील रहेको दाबी गरे । ‘सशस्त्रका उच्चाधिकारीहरू पनि घटनालाई लिएर स्तब्ध हुनुएको छ । उहाँहरू दोषीमाथि तत्काल कार्बाही थाल्नुभएको छ,’ उनले भने ।
यसअघि सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेशकुमार श्रेष्ठले वीरगन्जमा महिलामाथि हातपात हुुनु दुर्भाग्यपूर्ण भएको बताउँदै दोषीमाथि प्रहरी नियमावलीअनुसार कार्बाही























