CG Electronics
IME Life
NIMB

सूचनाको हकले लोकतन्त्रलाई बलियोहुनका साथै भ्रष्टाचार न्युनिकरण हुन्छ : मुख्यमन्त्री राउत

NIMB
Himalayan Bank

निरंजन साह,जनकपुरधाम । राष्ट्रिय सूचना आयोगले आज जनकपुरमा आयोजना गरेको स्थानीयतहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको लागि सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सूचनाको हक कार्यान्वयनमा सबैलाई प्रतिवद्ध हुनु पर्ने बताउनु भएका छन । मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
उहाँले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउनुका साथै भ्रष्टाचार न्युनिकरण र पार्दशितामा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकोले सूचनाको हकलाई पूर्णरुपमा कार्यान्वयन गर्न स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । मुख्यमन्त्री राउतले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधीभन्दा पनि राष्ट्रसेवक कर्मचारीहरुलाई अगाडी आउनु पर्ने तर्क राखेका छन ।

विगतको समयमा प्रदेश नम्बर दुईमा भ्रष्टाचारको विषयमा धेरै बदनाम भएको उल्लेख गर्नु हुँदै उहाँले अवको दिनमा ती बदनामीलाई अन्त्य गर्दै प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा आएको स्मरण गराउनु भएको हो ।

मुख्यमन्त्रीले भने भ्रष्टाचार न्युनिकरणको लागि प्रदेश सरकारले सुशासन सम्बन्धि ऐन चाँडै ल्याउन लागेको उल्लेख गर्नु हुँदै ऐन आएपछि गडबडी गर्न खोज्ने जो कोहीलाई पनि कानूनको कठघारामा उभिनु पर्ने दावी गर्नु भएको छ ।

प्रदेश सभाले दुई तिन भित्रै करार ऐन पारित गर्न लागेको जानकारी गराउनु हुँदै उहाँले स्थानीय तहमा देखिएको कर्मचारी अभावको समस्या समाधान गरिने उल्लेख गरेका छन ।

आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आयुक्त यशोदा तिमल्सिन्ना, किरण पोखरेलले सूचनाको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएका छन ।कार्यक्रममा प्रदेश भरिकै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...