CG Electronics
IME Life
NIMB

गृह मन्त्रालयबाट भागेका सुन तस्करसँग आइजिपी सर्बेन्द्र खनालले दुबई पुगेर अंगालो मारे,यसरी खुल्यो यस्तो रहस्य

NIMB
Himalayan Bank

काठमाडौ ।  सुन तस्करी प्रकरणमा उच्च अदालत बिराटनगरमा मुद्दा विचाराधीन रहेका एकजना अभियुक्तसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको घनिष्ठ सम्बन्ध रहेको खुलेको छ।

सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी टोलीलाई झुक्याएर भागेका ठाकुरप्रसाद ढुंगाना प्रहरी महानिरीक्षक खनाल र वरिष्ठ प्रहरी अधिकारीसँग एउटै मञ्चमा देखिएका हुन्।

युनाईटेड अरब इमिरेटस ९युएई० को दुबईमा आयोजित एउटा कार्यक्रममा सुन तस्कर ढुंगाना, प्रहरी महानिरीक्षक खनाल, नायब महानिरीक्षक निरजबहादुर शाही, एसएसपी देउती गुरुङ र एसपी उमेशराज जोशी एउटै मञ्चमा देखिएका हुन्। स्रोतका अनुसार महानिरीक्षक खनालसँग पुरानो परिचय भएका ढुंगानाले उनलाई दुबईमा स्वागत सत्कार समेत गरेका थिए।

काठमाडौंमा कान्तिपुर होलिडे र एवल टुर्स एण्ड ट्राभल्सका संचालक रहेका ढुंगाना सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको भेटिएपछि गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले बयानका लागि बोलाएको थियो। समितिमा हाजिर भएका ढुंगाना बयान लिएर तारेखमा छुटेकै बेला असारदेखि सम्पर्कबिहिन भएका थिए।

भगेको केही समयपछि समितिको अनुसन्धानले सुन तस्करीमा उनको संलग्नता पुष्टि गरेको थियो। विमानस्थल र सीमामा कडा निगरानी हुँदाहुँदै उनी भागेका थिए।

अनुसन्धानको क्रममा दुबईमा ग्रीनलाइन ट्राभल्स एण्ड टुर्सका सञ्चालक समेत रहेका ढुङगाना तस्करीका मुख्य नाइके गोरे भन्ने चूडामणि उप्रेतीको साझेदार रहेको खुलेको थियो।

सुन अनुसन्धान टोलीले ढुंगाना संचालक रहेको लाजिम्पाटस्थित एवल टुर्स एण्ड ट्राभल्स र कान्तिपुर होलिडेमा छापा हानेर शिलबन्दी गरी मोरङ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो। अदालतले १० लाख धरौटीमा छाडेका ढुंगानाको उच्च अदालत बिराटनगरमा मुद्दा विचाराधीन छ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको महासभामा सहभागी हुन गएको प्रहरी टोली गैरआवासीय नेपालीको कार्यक्रममा पूर्व योजनाअनुसारै सहभागी भएको थियो। एनआरएनएको कार्यक्रममा महानिरीक्षक खनाललाई विशेष अतिथि बनाइएको थियो। यसको पूर्व तयारी उनी दुबई पुग्नुअघिबाटै भएको थियो।

दुबर्इस्थित स्रोतका अनुसार इन्टरपोलले रेड कर्नर नोटिसमा राखेका बाजेको सेकुवाका संचालक चेतन भण्डारीसँग समेत महानिरीक्षक खनालले भेटघाट गरेका छन्।

अमेरिकाबाट भागेर लुक्दै बसेका भण्डारी केही समयदेखि दुबईमा बस्दै आएका छन्। उनलाई एकजना सञ्चारकर्मीले केही समयअघि दुबईमै बोलाएर भेटेका थिए।

यस्तै महानिरीक्षक खनालले दुबर्इ हुँदा विवादास्पद व्यापारी दीपक मलहोत्रासँग पनि भेटेका छन्। प्रहरी निरीक्षकका खनाल रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्दादेखि विशेष सम्बन्ध भएका मल्होत्रालाई उनले संरक्षण गर्दै आएको चर्चा यसअघिदेखि नै चल्ने गरेको छ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...