CG Electronics
IME Life
NIMB

राजपामा भुसको आगोले ठूलो रुप लिदै, राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचाल बन्द, राजपा फुट्को संघारमा

NIMB
Himalayan Bank


काठमाडौ ।  सिङ्गो मधेस क्षेत्रमा राजनीतिक प्रभाव जमाएर बसेको राष्ट्रिय जनता पार्टीभित्र नयाँ विषयमा विवादको विजारोपण भएको छ । अध्यक्षमण्डलको संयोजक परिवर्तन भएको महिना दिन नपुग्दै सिङ्गो पार्टीभित्र प्रदेश तह र केन्द्रमा विवाद चुलिएको हो ।

राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचमल बन्द भएकोे छ । महन्थ ठाकुरले राजपा फुटाएर भएपनि आफु अध्यक्ष बन्ने बताएको स्रोतको दाबी छ ।

 

राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक तोकेपछि अन्य सदस्यका असन्तुष्टि बाहिर आएका छन् । महन्थ ठाकुर पक्षधर मात्र नभई अन्य शीर्ष नेताहरूले पनि महतोको संयोजकत्वलाई स्वीकार नगरी आलोचना गर्न शुरु गरिसकेका छन् ।

 

विवाद किन बढ्यो ?

निवर्तमान महन्थ ठाकुर संविधान संशोधन वा संशोधनको सुनिश्चितता नभई सरकारमा जान हुँदैन भन्ने पक्षमा अडिग छन् । तर, महतोलगायतले सरकारमा जान गृहकार्य शुरु गरेका छन् । ठाकुरलाई हटाएको अध्यक्षमण्डलका बहुमत सदस्यले सरकारलाई समर्थन गरेपछि मन्त्रिमण्डलमा सहभागी हुनुपर्ने नयाँ विषयलाई पार्टीभित्र प्रवेश गराएका छन् ।

 

अब आउने महाधिवेशनमा कसको वर्चश्व रहने भन्ने विषयभन्दा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय राजपाभित्र पेचिलो बन्दै गएको छ ।

 

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी (सपा), राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), तराई मधेस सद्भावना पार्टी (तमसपा), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी (नेसपा) मिलेर राजपा पार्टी बनेको थियो । त्यतिबेला, तमलोपाको ११, सपाको पाँच, रामसपा र तमसपाको तीन–तीन र फोरम गणतान्त्रिक र नेसपाको एक–एक सांसद थिए ।

 

समानुपातिकतर्फ तमलोपाले एक लाख ८१ हजार, सपाले एक लाख ३३ हजार, रामसपाले ७९ हजार, तमसपाले ६२ हजार, फोरम गणतान्त्रिकले ३३ हजार र नेसपाले २५ हजार भोट ल्याएका थिए ।

 

पार्टी एकीकरणपछि २५ हजार भोट भएको र १ लाख ८१ हजार भोट ल्याएका पार्टी अध्यक्षको समान हैसियत निर्धारण भयो । त्यही हैसियतलाई निरन्तरता दिन एक पक्षले महाधिवेशनसम्म सरकारमा जानुपर्ने विषयमा जोड दिँदै आएको छ ।

 

अध्यक्षमण्डलका संयोजक महतो, सदस्यहरू शदत्सिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादवको टोलीले कि सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन भने मन्त्रिमण्डलमा सहभागी हुनुपर्ने भन्दै अर्का सदस्य महन्थ ठाकुरलाई दबाब दिएको स्रोतले जनायो ।

 

उता अध्यक्षमण्डल संयोजकमा नयाँ नेतृत्व आएपछि महाधिवेशनपछिको पार्टी संरचना कस्तो बनाउने भन्ने विषय पनि विवादित बन्न पुगेको छ । ठाकुरबाहेकका सबै अध्यक्षमण्डलका सदस्य यही प्रणालीलाई महाधिवेशनपछि पनि निरन्तरता दिनुपर्ने अडानमा छन् । तर, ठाकुर भने अध्यक्ष एक व्यक्ति मात्र हुनुपर्ने पक्षमा देखिन्छन् ।

 

विवाद बढ्दै गएकोले महतो अध्यक्षमण्डलको संयोजक बनेपछि बैठक बस्न सकेको छैन । सोमबार बोलाइएको बैठक आन्तरिक विवादकै कारण बसेन । मंगलबार पनि बैठक कहिले बस्ने भन्ने विषयमै विवाद निम्तियो ।

 

राजपाले महाधिवेशन ७ वैशाखका लागि तोकेको छ । अध्यक्षमण्डलको संयोजक बन्न सबै सदस्यलाई नेतृत्वको अवसर दिन दुई–दुई महिनामा संयोजक परिवर्तन हुने भनिएको थियो ।

 

तर, आगामी ७ वैशाखसम्म शरत्सिंह भण्डारी र महेन्द्र राय यादवलाई त्यो अवसर मिल्छ वा मिल्दैन यसै भन्न सक्ने अवस्था देखिँदैन । ठाकुरलाई हटाएर महतोलाई संयोजक बनाउने बहुमतको निर्णय विधानअनुसार अवैध भएको भन्दै केही नेताले विरोध जनाएका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...