CG Electronics
IME Life
NIMB

श्रीमतीको हत्या गरी डीएसपीलाई फोन गर्ने यसरी समातिए

NIMB
Himalayan Bank

काठमाडौं ।  ‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’

मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट आएको फोन रिसिभ गर्नासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बासु पाठक चकित भए । अघिल्लो दिनदेखि प्रहरीले जसलाई खोजिरहेको थियो  तीनैले फोन गरेर पाठकलाई  धम्कीको शैलीमा भने, ‘मलाई खोज्ने प्रयास गर्नुभो भने, मेरो लाश पाउनुहुन्छ नत्र बाँच्न दिनुस् ।’

श्रीमतीको हत्या गरेर डीएसपीलाई नखोज्न र भारतसम्म पुग्ने समय दिन आग्रह गर्ने व्यक्ति थिए, जिरी नपा–९ ठूलो पातलका  तस्बिर तामाङ (वर्ष ३५) ।

मंसिर १० गते सोमबार राती जिरी नगरपालिका–९  स्थित ससुरालीमा सालोको बिहे भोज खान गएको बेला तामाङले सामान्य भनाभन हुँदा श्रीमतीलाई चिर्पट प्रहार गरेका थिए ।

‘चिर्पट प्रहारबाट उसको श्रीमती राममाया तामाङको घट्नास्थलमै मृत्यु भएको छ’ जिल्ला प्रहरी कार्यालय दोलाखका डिएसपी बासु पाठक भन्छन्, ‘श्रीमतीलाई आवेशमा आएर टाउकोबाट गिदी समेत निस्कनेगरी चिपर्ट हानेपछि उनी त्यही राती फरार भएका थिए, निकै ठूलो मेहनतले पक्राउ गर्न सफल भयौं ।’

श्रीमतीको हत्यापछि जेठानलाई फोन गरेर ‘मैले राममायालाई मारेको छु, मलाई खोज्नुपर्दैन भारत जान्छु’ भनेर हिँडेका तस्बिरले दुई दिन, दुई रात दोलखा र रामेछापका प्रहरीलाई ठुलो हैरानी दिए ।

‘बुधबार बिहान तस्बिर तामाङलाई रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएका छौं’ डिएसपी पाठकले भने, ‘कर्तब्य ज्यानमा म्याद लिएर थप अनुसन्धान गर्छौं ।’

ससुरालीमा नाता–गोता र आफन्तहरु भोज खाइरहेको बेला बिहे घरभन्दा तल्लो घरमा श्रीमतीलाई बोलाएका तस्बिर र उनको श्रीमतीको बीचमा घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दोलखा सदरमुकाम चरिकोटमा भरियाको काम गर्ने तस्बिरले श्रीमतीले आफूले भनेको कुरा अटेर गर्ने र छोरीहरुको ख्याल नगर्ने गरेको भन्दै हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...