CG Electronics
IME Life
NIMB

उपराष्ट्रपतिका छोरा र गृहमन्त्रीका छोराले दलाली गरेर यसरी कमाए करोडौ,प्रधानमन्त्री ओली र प्रचण्डको पनि आशिर्वाद ?

NIMB
Himalayan Bank

 

काठमाडौ । एक दशक लामो गृहयुद्धको पीडा, ७ दशमलव ८ रेक्टर स्केलको महाभूकम्पको झड्का अनि भारतले लगाएको महिनौँ लामो नाकाबन्दीको कहरबाट उठेर बामे सर्दै गरेको हाम्रो मुलुकमा अहिले बिचौलियाहरूको बिगबिगी नै छ । देशको राजधानी काठमाडौंका गल्लीहरूमा चियाको चुस्कीसँग रमाउनेहरूदेखि तारे होटलको ह्विस्कीमा रम्नेसम्मले भन्छन्, ‘मुलुक भ्रष्टाचारी र बिचौलियाले खोक्रो बनाए ।’

किसानले मिहिनेत गरेर उत्पादन गरेको सागसब्जीमा समेत बिचौलियाकै आँखा लाग्ने हाम्रो मुलुकमा ठूला–ठूला सेटिङहरू राज्यसंयन्त्रमा रहेका शक्तिशालीहरूकै आडमा हुने गरेको उदाहरण प्रशस्त पाइन्छ ।

त्यस्तोमा पछिल्लो समय शक्तिशाली नेताका छोराहरूलाई प्रयोग गरेर बिचौलियाहरूले आफ्नो स्वार्थपूर्ति गर्ने गरेका छन् । अथक प्रयत्नले नेपाली राजनीतिको उच्च तहमा स्थापित भई इमानदार छवि बनाइसकेका कतिपय नेताका छोराछोरीहरू नै पनि तस्कर र दलालहरूको सङ्गतमा लागेर त्यस्ता बिचौलिया धन्दा चलाउन थालेपछि त्यसको असर राज्य संयन्त्रमा समेत परेको पाइन्छ ।

को–को हुन् त त्यस्ता शक्तिशाली बाबुका ‘बिचौलिया’ धन्दामा लागेका सन्तान, जसले आआफ्ना बाबुहरूले त्याग गरेर आर्जन गरेको शक्तिलाई दुरुपयोग गरिरहेका छन् रु

त्यस्ता ‘बिचौलिया’हरूका बारेमा खोजतलास गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’देखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को छोरासम्मले पनि आआफ्नो बाबुको पद–प्रतिष्ठाको शक्ति दुरुपयोग गरेको भेटिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सामान्य युनिटदेखि हेडक्वार्टरसम्म आतङ्क मच्चाउँदै आएका गृहमन्त्री बादलका पुत्र प्रतीक थापाको बिचौलिया धन्दा स्

प्रतीक थापा स् प्रहरी सरुवा बढुवाका नायक १
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा शक्तिशाली गृहमन्त्री हुन् रामबहादुर थापा ‘बादल’ । गृहमन्त्री भएको केही दिनपछि सशस्त्र प्रहरी बलका पाँच डीआईजीको सरुवा फाइल तिनै शालिन नेताका छवि बनाएका ‘बादल’को टेबुलमा पुग्यो ।

सरुवा गर्नुपर्ने सबै डीआईजीहरूको नाम पढेपछि उनले भने, ‘चिनेका कोही छैनन् ।’

अनि, उनले सरुवा फाइलमा हस्ताक्षर गरे । तर त्यस्ता शालिन मन्त्रीका छोरा प्रतीक थापा पछिल्लो समय प्रहरीको सरुवा बढुवामा चासो मात्र राख्दैनन्, खुलेरै हस्तक्षेप गर्छन् ।

गृहमन्त्री ‘बादल’को प्रमुख स्वकीय सचिवसमेत रहेका प्रतीक आजभोलि प्रहरीको सरुवा, बढुवा तथा फौजी ठेक्कापट्टा मिलाउने बिचौलिया धन्दामा सामेल हुनेगरेको सचिवालयका सदस्यहरू नै बताउँछन् ।
प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई समेत कस्तो परेको छ भने, ‘गृह मातहतको सरुवा बढुवामा प्रतीक थापा नायक हुन् ।’

प्रमुख जिल्ला अधिकारी बन्नका लागि होस् या कतै इन्चार्ज बन्नुपर्दा, अहिले गृह मातहतका कर्मचारीहरू प्रतीकको लिङ्क खोज्दै हिँड्छन् ।

बिरलै गृह मन्त्रालय पुग्ने प्रतीकले दरबारमार्ग, नक्साल र झम्सिखेलका होटल रेस्टुराँतिर बसेर त्यस्तो सेटिङ मिलाउने गरेको जानकारहरू बताउँछन् ।

दुई महिनाअघि प्रतीक एउटा होटलमा थिए । सोही होटलको एरिया हेर्ने प्रहरीका इन्चार्जलाई उनले एउटा म्यासेज पठाए, म्यासेजमा उनले लेखेका थिए, ‘म फलानो होटलमा छु, बाहिर हेर्दिनुहोला ।’ गृहमन्त्रीको छोराको म्यासेज आएपछि ती इन्चार्जले उक्त होटलमा एक दर्जन प्रहरी पठाइदिए ।

नव युवराजको शैलीमा होटल र रेस्टुरेन्टहरूमा बिचौलियासँग भेटिने प्रतीकको क्रियाकलापबाट गृहमन्त्री बादलसमेत आजित भएको उनको सचिवालयमा कार्यरत सदस्यहरू बताउँछन् ।

सरकारी नम्बर प्लेटको लक्जरियस गाडीमा गुड्ने प्रतीकको जक्सन हो, नक्सालको ‘एटिक’ रेस्टुरेन्ट । त्यो ठाउँ, कुनै समय पूर्वराजा ज्ञानेन्द्रका पुत्र पारश शाहले जक्सन बनाएका थिए ।

प्रतीकले आफ्ना बाबुको पदको दुरुपयोग गर्दै राजमान मिश्र भन्ने ठेकेदारसँग मिलेर पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चुस्ताको स्पेसिफिकेसन परिवर्तन गर्ने खेलमा लागेका छन् ।

प्रहरीको डीएमएस बुट र चुस्ताको स्पेसिफिकेसन परिर्वतन गरेर यसअघि पनि करोडौँ कमिसनको खेल हुने गरेको थियो । उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख हुँदा परिवर्तन भएको स्पेसिफिकेसन फेरि फेर्ने चलखेलमा प्रतीक लागिपरेको नेपाल प्रहरीका एक उच्च पदस्थ अधिकृतले जानकारी दिए ।

राष्ट्रिय अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको छ । तर, त्यहाँ पनि प्रतीकले सरुवा बढुवाका लागि चलखेल गर्न पुग्ने गरेको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने । ‘गृहको अधिकार क्षेत्रमै नरहेको अनुसन्धान विभागसम्म समेत उनको दवाव हामीले झेल्नु परिरहेको छ’, ती अधिकारीले बताए ।

प्रतीकको विचौलिया धन्दा विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी समेत परेको स्रोतले जनाएको छ ।
उपराष्ट्रपति पासाङका पुत्र दिपेश पुनको पनि मिल्ने साथी हुन् प्रतीक । प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा प्रहरीको सरुवा बढुवामा दुवै मिलेर काम गर्ने गरेको गृह मन्त्रालय मातहतका एक सहसचिवले बताएका छन् ।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनका छोरा कमल कोइराला अधिकार प्राप्तीको आन्दोलनमा लागेका थिए । डिल्लीरमण रेग्मी मन्त्री हुँदा उनका छोरा अधिकार प्राप्तीको आन्दोलनमा सडकमै थिए ।
एकातिर मातृका र डिल्लीरमणका छोराहरूले अधिकार प्राप्तिको आन्दोलनमा लागेर गौरवमय इतिहास कायम गरेको दृष्टान्त हामीसामु छ भने अर्कोतिर गणतन्त्र नेपालका नेताका छोराहरू भने नव युवराजको शैलीमा कुख्यात पारश शाहलाई समेत बिर्साउने गरी सत्ता र पदीय दुरुपयोगको चलखेलमा लागेका छन् ।

जानकारहरू भन्ने गर्छन्, गणतन्त्र आइसकेपछि पनि शक्तिशाली नेताका छोराहरूले ‘बिचौलिया’ बनेर राज्य संयन्त्रलाई नै फेल बनाउने हदसम्म चलखेल गर्दैछन् ।

यस्तो स्थितिमा स्वाभाविक रूपमा प्रश्न उठिहाल्छ, के जनताले खोजेको परिवर्तन यही थियो रु

को–को हुन् त त्यस्ता शक्तिशाली बाबुका ‘बिचौलिया’ धन्दामा लागेका सन्तान, जसले आआफ्ना बाबुहरूले त्याग गरेर आर्जन गरेको शक्तिलाई दुरुपयोग गरिरहेका छन् रु पञ्चायतकालका राजाका भाइभतिजाहरूको अनि बहुदलीय कालमै पनि गिरिजापुत्री सुजाताको चर्चिकलाहरू बिर्साउने गरी देखापरेका त्यस्ता ‘बिचौलिया’हरूका बारेमा खोजतलास गर्दा गृहमन्त्री रामबहादुर थापादेखि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को छोरासम्मले पनि आआफ्नो बाबुको पद–प्रतिष्ठाको शक्ति दुरुपयोग गरेको भेटिएको छ ।

भीएलएन र बायोमेट्रिकको काम लिन दिपेश पुनको दौडधुप

उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरा हुन् दिपेश पुन । अखिल ९क्रान्तिकारी०का उपाध्यक्षसमेत रहेका दिपेशको उठबस राजनीतिभन्दा बाहिरका मान्छेसँग हुन थालेपछि उनी पछिल्लो समय विवादित बन्दै गएका छन् ।

मलेसिया जाने कामदारको पासपोर्ट सङ्कलन गरेर भिसा लगाउने संस्था भीएलएन र स्वास्थ्य परीक्षण गर्ने संस्था बायोमेट्रिकको काम अर्को ‘बिचौलिया’ समूहलाई दिलाउनका लागि दिपेश अहिले सक्रिय भएका छन् । ती दुई संस्थाले गैह्रकानुनी काम गरेको भन्दै श्रम मन्त्रालयको आग्रहमा प्रहरीले त्यसका सञ्चालकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

भीएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरेपछि श्रम मन्त्रालयले मलेसियामा श्रमिक पठाउन रोक लगाएको छ ।

केही समयअघि दिपेश मलेसिया गएका थिए । उनले मलेसियाका सरकारी अधिकारीहरूलाई भेटेर ‘भिएलएन’ र ‘बायोमेट्रिक’को काम आफूलाई दिन आग्रह गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिएका छन् ।

यसरी श्रम मन्त्रालय र प्रहरीले अवैध भनेको काम फेरि अर्को समूहलाई दिलाउन लागिपरेका दिपेशले पछिल्लो समय मलेसिया जाँदा बङ्गलादेशी मूलका हनिफलाई नेपाल लिएर आएका थिए ।

मलेसियन श्रम बजारमा ‘दलाल’ भनेर चिनिएका हनिफलाई बौद्धस्थित होटल हायातमा राखेर उनले माउन्टेन फ्लाइटसमेत गराएका थिए ।

प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा राम श्रेष्ठले १ अर्ब ८३ करोड बराबरको कारोबार गरेको देखिएको थियो । त्यही ठगी बिजनेस अहिले अर्को ‘बिचौलिया’ समूहले हात लगाउन खोजेको छ, जसमा दिपेशले तत्कालीन माओवादीतर्फ मिलाउने जिम्मा लिएको श्रम मन्त्रालयका एक उच्च पदस्थ अधिकारीले बताए ।

मन्त्रालयका ती उच्च अधिकारीका अनुसार श्रममन्त्री गोकर्ण विष्टको सचिवालयमा कार्यरत आयुष विष्ट, बालुवाटार बस्ने पूजा चन्द ठकुरी र मेनपावर व्यवसायी रघु पुरी मिलेर भीएलएन र बायोमेट्रिकको उक्त काम हात पार्न खोजेका हुन् ।

कात्तिकको अन्तिम साता मलेसियाको राजखलकका एक सदस्य नेपाल आएका थिए । ती राजकुमारले अन्नपूर्ण बेस क्याममा पुगेर आफ्नो ‘बर्थ डे’ मनाएका थिए । काठमाडौँ फर्केपछि ती राजकुमारले एक रेस्टुरेन्टमा नाचगानसहितको पार्टी गरेका थिए । उक्त पार्टीमा पुगेका दिपेशले भीएलएन र बायोमेट्रिकको काम आफूलाई दिलाइदिन ती राजकुमारसँग आग्रह गरेका थिए ।

सरकारले अवैध भनेर कारवाहीसमेत गरेको ब्यवसाय फेरि किन उल्ट्याउन चलखेल गरेको भनी सोध्न दिपेशलाई ९८५१२८८८८८ नम्बरमा पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

त्यसो त ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापको अवैध बालुवाखानीमा दिपेशले लगानी गरेको कुरा २०७४ सालमा नै सार्वजनिक भएको थियो । डुकुछापको ‘साइनिङ बालुवा वासिङ सेन्टर’को ब्यानरमा सोही स्थानमा अवैध क्रसर सञ्चालन भइरहेको तर त्यस क्रसर उद्योगमा दिपेशको संलग्नता रहेकै कारण हालसम्म पनि ललितपुर प्रहरी र स्थानीय निकायले नियमन गर्ने आँट गरेका छैनन् ।

आफ्ना बाबुको पदीय मर्यादाको दुरुपयोग गर्दै दिपेशले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हुने सरुवा–बढुवामा चलखेल गर्ने गरेका छन् । प्रहरीको सरुवा बढुवामा उनले गृहमन्त्रीका पुत्र प्रतीक थापामार्फत चलखेल गर्ने गरेको गृह मन्त्रालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

स्रोतका अनुसार त्यस्ता कार्यका लागि दिपेशले उपराष्ट्रपति कार्यालयको टेलिफोनलगायतका साधन स्रोतको दुरुपयोग गर्छन् ।

कहिले बाढी प्रभावित त कहिले राउटे बस्तीमा पुगेर ‘सेलिब्रेटी’ बन्न खोज्ने दिपेशले दरबारमार्ग र ठमेलको रात्री व्यवसायमा समेत लगानी गरेका दरबारमार्गका एक रात्री व्यवसायी बताउँछन् ।

दिपेशको अस्वाभाविक जीवनशैलीबारे टिप्पणी गर्दै अखिल ९क्रान्तिकारीका० एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी बीचमा कहिलेकाहीँ छलफल हुन्छ, दिपेश व्यवसायी हुन् कि विद्यार्थी नेता भनेर, उनको जीवनशैली विगतका राजकुमारहरूको जस्तै विलासी खालको छ ।’

राजनीतिभन्दा यस्ता खाले ‘सेटिङ’को धन्दाको चलखेलमा व्यस्त हुन थालेपछि अखिल ९क्रान्तिकारी० का अध्यक्ष रञ्जित तामाङले दिपेशलाई सङ्गठनबाट राजीनामा गर्न पटक–पटक भनेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...