CG Electronics
IME Life
NIMB

दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले रेखा थापालाई धाप मारे पछी कांग्रेसका सांसद यसरी उत्तेजित भए,अनि त्यसपछी…..

NIMB
Himalayan Bank

नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अभिनेत्री रेखा थापालाई ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा संलग्न गराएको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको आलोचना गरेका छन् ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अभियानमा रेखा थापालाई संलग्न गराएपछि कांग्रेसका सांसदहरूले विरोध गरेका हुन् । बुधबार बसेको प्रदेश २ को संसद बैठकमा शून्य समय लिएर बोल्दै कांग्रेसका सांसदहरूले मधेस मूलका अभिनेत्रीहरूलाई नै अभियानमा सहभागी गराउन माग गरेका थिए ।

कांग्रेसका सांसद शिवचन्द्र चौधरीले अभियानमा रेखा थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘अभियान प्रदेशको हो कि मुख्यमन्त्री लालबाबु राउतको निजी अभियान हो ?’ सांसद चौधरीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा मधेस मूलकी नायिकालाई सहभागी गराउन आग्रह गरे ।

काग्रेसका अर्का सांसद नरेश यादवले मधेस मूलका धेरै कलाकारहरू रहेको भन्दै उनीहरूलाई नै सामेल गर्न सुझाव दिए ।

कांग्रेसकी सांसद सरस्वती चौधरीले पनि अभिनेत्री रेखा थापाको आलोचना गरिन् । उनले रेखा थापालाई अभियानमा संलग्न गराउनै नमिल्ने बताइन् ।

मुख्यमन्त्री राउतले रेखा थापालाई अभियानसँग एकलौटी निर्णय गरेर जोडेपछि नेपाली कांग्रेसले विरोध गरेको हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की केन्द्रीय सदस्य हुन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की सांसद सुरिता साहले अभियानमा महिला संसदलाई सहभागी गराउन माग गरेकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद ज्वाला साहले अभियानमा मुख्यमन्त्री लालबाबु राउतको प्रदेश सरकारले बजेटमा अनियमितता गरेको आरोप लगाइन् । उनले प्रदेश सरकारलाई भ्रष्टाचार नगर्न चेतावनी दिएकी छिन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...