मुख्यमन्त्रीलाई युवतीका गोप्य अंग खानतलाश गरेको लाग्यो यस्तो बात,अर्का मुख्यमन्त्रीले रेखालाई किन मारे धाप
Thursday Nov 29, 2018
वि.सं.२०७५ मंसिर १३ बिहीवार ११:२२

प्रदेश १ का मुख्यमन्त्री समेत रहेका एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृका सम्वेदनशील अंगमा समाएर (छोए) यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।
मुख्यमन्त्री राईलाई उनकै पार्टीकी एकजना चर्चित नेतृले यौन हिंसाको आरोप लगाएकी हुन् । तत्कालीन एमालेको युवा संघ नेपालकी पूर्व केन्द्रीय सदस्य बालिका खड्काले राईलाई यौन हिंसाको आरोप लगाएकी छिन् । बालिका खड्काको आरोपले तरंग उत्पन्न भएको छ । शेरधन राईले बालिका खड्कालाई प्रहरी बोलाएर थुनाएको समेत रहस्य बाहिर आएको छ ।
‘नेपाल आज’ नामक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा बालिका खड्काले मुख्यमन्त्री राईले आफूलाई यौन हिंसा गरेको बताइन् । उनी प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयको अधिकृत भएर काम समेत गरेको बताएकी छिन् ।
बालिका खड्काले राईले आफूलाई गरेको यौन हिंसाबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयबाट जागिरबाट हटाएको बालिका खड्काले बताएकी छिन् । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पदबाटै हटाएको पनि उनले बताएकी छिन् ।
विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको उनले दाबी गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।
‘राईले व्यवहारमा आफूलाई प्रेमिका वा श्रीमती जस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन सकेको छैन’, बालिका खड्काले भनेकी छिन् । राईले आफूलाई सांकेतिक मेसेज पठाउन थालेको उनले बताइन् ।
राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बालिका खड्काले बताएकी छिन् ।
न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र बालिका खड्का दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको बालिकाले बताएकी छिन् ।
यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकिएको छ ।
केही दिन अगाडि सिङ्गापुर उपचार गर्न जाने भनेर हिँडेका मुख्यमन्त्री राई जर्मनी हुँदै अमेरिका पुगेका थिए । राईले अमेरिकामा आफन्तलाई प्रयोग गरेर पत्रकारलाई समेत कुटाएपछि विवाद भएको थियो ।
उता नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अभिनेत्री रेखा थापालाई ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा संलग्न गराएको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको आलोचना गरेका छन् ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अभियानमा रेखा थापालाई संलग्न गराएपछि कांग्रेसका सांसदहरूले विरोध गरेका हुन् । बुधबार बसेको प्रदेश २ को संसद बैठकमा शून्य समय लिएर बोल्दै कांग्रेसका सांसदहरूले मधेस मूलका अभिनेत्रीहरूलाई नै अभियानमा सहभागी गराउन माग गरेका थिए । रेखा थापालाई धाप मार्नुको कारण पेश गर्न चेतावनी दिएका छन्।
कांग्रेसका सांसद शिवचन्द्र चौधरीले अभियानमा रेखा थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘अभियान प्रदेशको हो कि मुख्यमन्त्री लालबाबु राउतको निजी अभियान हो ?’ सांसद चौधरीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा मधेस मूलकी नायिकालाई सहभागी गराउन आग्रह गरे ।
काग्रेसका अर्का सांसद नरेश यादवले मधेस मूलका धेरै कलाकारहरू रहेको भन्दै उनीहरूलाई नै सामेल गर्न सुझाव दिए ।
कांग्रेसकी सांसद सरस्वती चौधरीले पनि अभिनेत्री रेखा थापाको आलोचना गरिन् । उनले रेखा थापालाई अभियानमा संलग्न गराउनै नमिल्ने बताइन् ।
मुख्यमन्त्री राउतले रेखा थापालाई अभियानसँग एकलौटी निर्णय गरेर जोडेपछि नेपाली कांग्रेसले विरोध गरेको हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की सांसद सुरिता साहले अभियानमा महिला संसदलाई सहभागी गराउन माग गरेकी छिन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद ज्वाला साहले अभियानमा मुख्यमन्त्री लालबाबु राउतको प्रदेश सरकारले बजेटमा अनियमितता गरेको आरोप लगाइन् । उनले प्रदेश सरकारलाई भ्रष्टाचार नगर्न चेतावनी दिएकी छिन् ।





















