CG Electronics
IME Life
NIMB

प्रभु बैंकका एकैपटक ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा

NIMB
Himalayan Bank

काठमाडौं । प्रभु बैंकले देशका विभिन्न क्षेत्रमा एकै पटक ७ ओटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले आज देखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको छ ।

भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहका विच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखज्यूहरुबाट समुद्घाटन भएको बैंकले जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन जाने बताइएको छ ।

यसैगरी राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने देखिएको छ । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...