CG Electronics
Ncell NPL
NIMB

मधेशका पत्रकारहरु संग हुँदै आएको विभेद अन्त्य गर्छौ : मुख्यमन्त्री राउत

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईको मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश सरकार तत्पर रहेको बताउनु भएको छ ।

प्रेस काउन्सिल नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको आचार संहिता प्रशिक्षक प्रशिक्षण तालिमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले मधेशका पत्रकारहरु संग हुँदै आएको विभेद अन्त गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको तर्क राखे ।
मुख्यमन्त्री राउतले पत्रपत्रिकाहरुको वर्गिकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकार छुट्टै प्रदेश स्तरीय प्रेश काउन्सील गठन गर्ने तैयारी गरेको समेत तर्क राखेका छन ।

मुख्यमन्त्री राउतले पत्रकारहरुलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटो लग्न सहयोग गर्नु पर्ने तर्क राखेको हो । पत्रकारहरुको वृतिविकासको लागि प्रदेश सरकारले यसै आर्थिक वर्ष आम संचार प्रतिष्ठान समेत गठन गर्न लागेको जानकारी गराएको हो ।

आम संचार प्रतिष्ठान र प्रदेश प्रेस काउन्सिल सम्बन्धि विधेयकमा पत्रकारहरुको समेत सुझाव लिने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउत प्रदेशले प्रेस काउन्सिल गठन गर्दैमा केन्द्रिय प्रेस काउन्सिललाई आतिनु पर्ने अवस्था नरहेको उल्लेख समेत गर्नु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, केन्द्रीय सदस्य शैलेन्द्र झा प्रदेश नम्बर दुईका अध्यक्ष दिपेन्द्र चौहान, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ,सदस्यहरु नवलकिशोर यादव , खिलाराज कार्की लगायतका पत्रकार सहितको उपस्थित रहेको थियो ।

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...