CG Electronics
Ncell NPL
NIMB

प्रधानमन्त्रीबिरुद्ध यसकारण खनिदैछ काँग्रेस, शेखर र गगनले किन भने यस्तो ?

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

मोरङ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोइराला र थापाले यस्तो माग अघि सारेका हुन् । कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोइरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे ।

 

नैतिकता गुमाईसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै नेता कोईरालाले उनले अब तत्काल राजिनामा दिनुपर्ने बताए । केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए ।

 

‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाईसके । उनलाई अव १ मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएकाले तत्काल राजिनामा दिनुपर्छ ।’ एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे ।

 

फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट काँग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियताका हिसावले मोरङ क्षेत्र नम्बर ३ उदाहरणीय रहेको भन्दै नेता कोईरालाले सो क्षेत्रमा काँग्रेस नेता डा।सुनिल शर्मा लगायतको सक्रिय भूमिकाको प्रशंसा गरे । मोरङको ३ नम्बर क्षेत्र काँग्रेसको किल्ला भईसकेकाले अब यसलाई कसैले तोड्न नसक्ने उनको दाबी छ ।

यसैवीच कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल सावित भईसकेको उनले बताए । सरकार गठनका लागि मात्र एमाले र माओवादी एक भई नेकपा पार्टी बनेको भन्दै नेता थापाले यो पार्टी सरकारमा पुग्न सफल भएपनि सरकार चलाउँन असफल भएको जिकिर गरे ।

 

‘यो सरकार अव चार बर्ष रहनु भनेको देशले चार बर्ष खेर फाल्नु हो ।’ नेता थापाले भने ‘अब काँग्रेसले सरकारमाथि निगरानी र हस्तक्षेप गर्नुको विकल्प छैन ।’ यता मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका छन् ।

 

पूर्व माओवादीका केन्द्रिय सदस्यसहित बिभिन्न पार्टीका सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश यसैवीच सत्तारुण दल नेकपासहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । पूर्व माओवादीका केन्द्रिय सदस्यहरुसहित पूर्व एमाले, राप्रपा र लिम्बुवान लगायत दलबाट करिव एक हजार नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेस क्षेत्रीय संयोजक गणेश खड्काले जानकारी दिए ।

उनका अनुसार पूर्व माओबादी केन्द्रका केन्द्रिय सदस्य राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल, माओबादी केन्द्र सुन्दरहरैंचा १० नम्बर वडाका संयोजक बुद्धि पराजुली, स्थानीय नेता चन्द्र खुलाल, लोकबहादुर साउदेन, जनमुक्ति पार्टीका अध्यक्ष डि।आर लिम्बू, लिम्बुवानका नेता बिनोद राई, राप्रपाका जिल्ला सचिव कृष्ण पौडेल लगायत नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्ने अधिकांस नव प्रवेशीहरुले पार्टीको केन्द्रिय नेतृत्वप्रति असन्तुष्टि जनाउँनै काँग्रेस रोजेको बताए ।

 

गत प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एवं काँग्रेस महासमिति सदस्य डा।सुनिल शर्मा लगायत नेता कार्यकर्ताले सक्रियता बढाएपछि सो क्षेत्रमा अहिले काँग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको हो । यसैबीच निर्वाचित जनप्रतिनिधिहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको छ ।

 

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...