CG Electronics
IME Life
NIMB

नेकपा कार्यदलका असन्तुष्ट सदस्यले यसकारण बुझाए अध्यक्षलाई समानान्तर प्रतिवेदन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाण्डौ फागुन १३ ।   नेकपाको एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा पर्खिएर आइतबार बेलुकी ९ बजे प्रतिवेदन बुझाएका हुन् । अध्यक्ष ओलीले बेलुका ७ बजेको समय दिएका थिए। तर, उनी उक्त समयमा राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका थिए।

नेताहरू योगेश भट्टराई, वेदुराम भुसाल, लेखराज भट्ट, वर्षमान पुन र सुरेन्द्र पाण्डे असन्तुष्ट छन्। प्रतिवेदन बुझाउन भने भट्टराई, भुसाल र भट्ट मात्र उपस्थित थिए। पाण्डे चीन भ्रमणमा र पुन राजधानीबाहिर छन्। असन्तुष्ट नेताले स्थायी समिति बैठक बोलाई प्रतिवेदनबारे छलफल गराउन माग गरेका छन्। स्थायी समितिले बनाएको कार्यदल सचिवालयले विघटन गर्न नपाउने तर्क पनि उनीहरूले गरेका छन्। कार्यदल संयोजक रामबहादुर थापा र वरिष्ठ सदस्य विष्णु पौडेलले कार्यदललाई काम गर्न नदिएको आरोप असन्तुष्ट सदस्यले लगाएका छन्।

भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल अनि भट्ट र पुन अध्यक्ष पुष्पकमल दाहालनिकट नेता हुन्। कार्यदलमा ओली, दाहाल र नेपाल पक्षका तीन–तीन नेता थिए। संयोजक थापा, सदस्यहरू पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ कार्यदल विघटनबारे बोलेका छैनन्। कार्यदलले सात दिन म्याद थप्न सचिवालयलाई पत्र लेखेको थियो। तर, सचिवालय बैठकले शुक्रबार कार्यदल भंग गरेको थियो। थापा र पौडेलले शीर्ष तहबाटै काम गर्न या अन्य नेतालाई एकता प्रस्ताव तयार पार्ने जिम्मा दिन आग्रह गरेका थिए।

नेकपाले १३ पुसमा कार्यदल बनाएको थियो। कार्यदल बैठक सातपटक बस्यो। ६ माघपछि भने बैठक नबोलाएपछि अन्योल भएको थियो। कार्यदलले १५ दिनभित्र काम सक्ने म्यान्डेट पाएको थियो। २१ माघसम्म पनि प्रतिवेदन नबुझाएपछि सचिवालयले कार्यदलले गरेको काम जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बुझाउन निर्देश गरेको थियो। २७ माघमा कार्यदलले सात दिन समय माग गर्ने गरी प्रतिवेदन तयार पारेको थियो।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...