‘ग्रीन बुक’ सर्वोत्कृष्ट
Monday Feb 25, 2019
वि.सं.२०७५ फागुन १३ सोमवार ०८:३९
लस एन्जल्स, फागुन १३ । ९१ औँ एकेडमी अवर्ड ओस्करु मा यस वर्ष ग्रीन बुक सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । यो वर्ष २४ विधामा ओस्कार अवार्ड दिइएको हो ।
मेक्सिकन फिल्म रोमालाई तीन र फ्रेडी मरक्युरीको जीवनमा आधारित बोहेमियन र्पसोडीलाई सबैभन्दा धेरै चार विधामा ओस्कर अवार्ड मिलेको छ । ३० वर्षपछि पहिलो पटक यो कार्यक्रम सञ्चालकबिना नै आयोजना गरियो
यस पटकको सर्वोत्कृष्ट फिल्म ग्रीन बुक निर्देशक पिटर फ्यारेलीको एक पिरियड फिल्म हो। यो डा। डन शिरले नामका एक प्रख्यात अफ्रिकन अमेरिकन पियानोवादक र उनका ड्राइभर टोनी लिपको सम्बन्धमा आधारित छ । यो फिल्मसँग रोमा, द फेवरिट, ब्ल्याक प्यान्थर, अ स्टार इज बोर्न र बोहेमियन र्पसोडीले कडा प्रतिस्पर्धा गरेका थिए ।
यस वर्ष ओस्कर अवार्ड कमेडियन केविन हार्टले सञ्चालन गर्ने तयारी थियो । तर समलैङ्गिकविरुद्ध उनको ट्वीट्का कारण भएको विवादले आयोजकले उनलाई यो कार्यक्रमको सञ्चालन गर्नबाट रोके । पछिल्ला २ वर्षयता सेरेमनी जिम्मी किमेलले यो कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
यो पटक भारतीय निर्माता गुनीत मोङ्गाको फिल्म पिरियड(एन्ड अफ सन्टेन्सु लाई बेस्ट डक्युमेन्ट्री सर्ट सब्जेक्टु विधामा ओस्कर मिलेको छ। गुनीतले मसान र ग्याङ्ग्स अफ वासेपुर जस्ता फिल्म बनाएर चर्चा कमाएका थिए ।




























