CG Electronics
IME Life
NIMB

सिभिल बैंकले ल्यायोे ‘किस्ताबन्दी बचत योजना’, मासिक बचत, एकमुष्ट फिर्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाली बैंकहरुकै इतिहासमा नौलो निक्षेप योजना ल्याएको छ । बचत खाता र मुद्दती खाताको विशेषतालाई एउटै खातामा समेट्दै बैंकले ‘किस्ताबन्दी बचत योजना’ सार्वजनिक गरेको हो ।

उक्त बचत योजना अनुसार कुनै बचतकर्ताले भविष्यको कुनै कालखण्डमा आवश्यक पर्ने रकमको जोहो आजैदेखि किस्ताबन्दीमा गर्न सक्नेछन् भने सो अवधि पूरा भएपछि एकमुष्ट रुपमा सो रकम प्राप्त गर्नेछन् ।

यो योजना १ वर्षदेखि ७ वर्षसम्मको लागि ल्याइएको छ तर ग्राहकको इच्छा र आवश्यकताअनुसार त्यसभन्दा बढी समयावधिको लागि पनि त्यस्तो बचत योजना सञ्चालन गर्नसक्ने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिभिल बैंक प्रदेश ३ का प्रमुख भोलाबहादुर विष्टले सो योजनाको उद्घाटन गरेका हुन् यद्यपि यो योजना बैंकका देशभर रहेका शाखा कार्यालयमा लागु हुने जनाइएको छ ।

कस्तो छ योजना ?

बैंकले सार्वजनिक गरेको सो बचत योजनाले समयावधि र प्रतिमहिना बचत गर्ने किस्ताबन्दीको रकमअनुसार समयावधिपछि भुक्तानी हुने रकम निर्धारण गरिएको छ । जस्तै प्रतिमहिना ७९६७ रुपैंया बचत गरेमा बचतकर्ताले १ बर्षपछि एकमुष्ट रुपमा रु १ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, मासिक ५१३५ रुपैंया बचत गर्दैजाने बचतकर्ताले ४ वर्षपछि एकमुष्ट रुपमा ३ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । बैंकले ७ बर्षसम्म मासिक ८३४७ रुपैंया बचत गर्नेलाई सो समयपछि १० लाख दिनेछ ।

यस्तो योजनाअनुसार बचतकर्ताले आफ्नो क्षमताअनुसार रु १००० रुपैंयादेखि अधिकतम जतिपनि रकम राख्न सकिने बैंकका प्रदेश ३ प्रादेशिक कार्यालयका प्रमुख विष्टले बताए । उक्त योजनाअनुसार बचत गरेकालाई आवश्यक परेमा सो खाताको धितोमा ऋण दिने, नियमित रकम जम्मा गर्ने अक्षमतामा रकम फिर्ता हुने व्यवस्था समेत रहेको जनाइएको छ ।

मुद्दती निक्षेपमा भन्दा बढी प्रतिफल

बैंकले यो स्कीमबाट प्राप्त हुने ब्याज कति हो भन्नेबारे केही खुलाएको छैन तर बैंकले ल्याएको योजना हेर्दा योजनाको प्रतिफल मुद्दति निक्षेपको भन्दा बढी देखिएको छ । बैंले ल्याएको ती योजनाहरुको एफभीआईएफए क्याल्कुलेटर अनुसार ती योजनाहरुको प्रतिफल दर १० प्रतिशतको हाराहारीमा हुने देखिएको हो ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...