CG Electronics
IME Life
NIMB

६४ औ प्रहरी दिवसको अवसरमा अपराध महाशाखाका सई दीपेन्द्र चन्दलाई ‘पूर्ण शान्ति पुरस्कार’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ६४ औ प्रहरी दिवसको अवसरमा महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र चन्द ‘पूर्ण शान्ति पुरस्कार’ ले सम्मानित भएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रवार आयोजित भव्य समारोहका बिच प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले २१ हजार नगद र ताम्रपत्रसहित चन्दलाई सम्मान गरे।

प्रहरी प्रधान कार्यालयले हरेक बर्ष प्रहरी दिवसको दिन उच्च जोखिम मोलेर काम गर्ने एक प्रहरी कर्मचारीलाई ‘पूर्ण शान्ति पुरस्कार’ ले सम्मानित गर्ने गर्दछ। ६४औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गठन गरेको पुरस्कार छनोट समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो। प्रहरी दिवसको अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारको लागि प्रहरी प्रधान कार्यालयले डीआईजी केदार रिजालको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको थियो ।

प्रहरीमा विशेष महत्वपूर्ण मानिने ‘पूर्ण शान्ति पुरस्कार’ पाउने सई चन्द व्यावसायिक अधिकृत मानिन्छन् । लामो समयदेखि अपराध महाशाखामा कार्यरत उनी ‘इन्काउन्टर स्पेशलिस्ट’को रुपमा समेत चिनिन्छन् ।

हालका आईजी सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख हुँदा गरिएको गुण्डा नाइके कुमार घैटे इन्काउन्टरको नेतृत्व पनि उनै चन्दले गरेका थिए । हालका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा गुण्डानाइके कुमार घैटेलाई लाजिम्पाटको शंकर होटेलबाट चन्दले नै गोली हानेर नियन्त्रणमा लिएका थिए ।

पछिल्लो डेढ वर्षदेखि अपराध महाशाखामा कार्यरत रहँदा जेलमा रहेका गुण्डानाइके समिरमान बस्नेत समूहको आपराधिक सञ्जाल तोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका चन्दले सयौं आपराधिक घटनाको अनुसन्धान तथा अपरेसनमा संलग्न भएर काम गरेका थिए ।

पछिल्लो डेढ वर्षयता महाशाखाबाट भएका इन्काउन्टर, विभिन्न आपराधिक समूहका अभियुक्त पक्राउ लगायतका विशेष अपरेसनमा उत्कृष्ट रुपमा काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले चन्दलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो।

चन्दसंगै महाशाखाको इन्टेलिजेन्स पिलरमा कार्यरत प्रहरी जवान रामकृष्ण आचार्यलाई अपराध नियन्त्रण तथा अनुसन्धानमा उत्कृष्ट सहयोगीको भुमिका खेलेको भन्दै आईजी खनालले पुरस्कृत गरेका छन्।

प्रहरी दिवसको अवसरमा शुक्रबार विभिन्न विधामा सर्वोत्कृष्ठ प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरी प्रधान कार्यालयले नगद तथा प्रसंशा पत्र प्रदान गरेको छ ।

उत्कृष्ट कार्य गरेवापत पुरस्कृत हुनेहरुमा एसएसपी उमेशराज जोशी, प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखामा कार्यरत एसएसपी दिपक थापा, अनुसन्धान योजना तथा विकास निर्देशनालयमा कार्यरत प्रहरी उपरिक्षक (एसपी) मनोज कुमार केसी, एसपी हृदय थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख (एसपी) राज कुमार बैदवार, विपद ब्यवस्थापन महाशाखामा कार्यरत एसपी बसन्त रजौरे, प्रहरी एकेडेमीमा कार्यरत एसपी तारादेवी थापा, कर्मचारी प्रशासन शाखाका प्रमुख (एसपी) चन्द्र कुवेर खापुङ पुरस्कृत भएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी, इलाका प्रहरी कार्यालय तुल्सिपुर दाङका डिएसपी हरिहरनाथ योगी र ट्राफिक महाशाखामा कार्यरत डिएसपी सुनिल जंग शाह पनि उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भएका छन् ।

त्यस्तै, इन्सपेक्टर पन्च कुमार बाखु, इन्सपेक्टर भुलाराज खनाल,इन्सपेक्टर हिरेन्द्र बहादुर रोकाया, प्रहरी नायव निरिक्षक (सई) सनम राई, जिल्ला प्रहरी कार्यालय कास्किमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) सन्तोष सुवेदी, प्रदेश शसस्त्र प्रहरी गण पोखरामा कार्यरत मानसिंह ठगुन्ना पुरस्कृत भएका छन् ।

प्रहरी हवल्दार गोकुल बहादुर कुँवर, एकेडेमीमा कार्यरत हवल्दार लक्ष्मी बन र प्रहरी जवान कुल बहादुर थापालाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुरस्कृत प्रहरी कर्मचारीहरुले नगद तथा प्रशंसापत्र प्राप्त गरेका छन । प्रहरी दिवसको अवसरमा शुक्रबार विभिन्न विधामा सर्वोत्कृष्ठ प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरी प्रधान कार्यालयले नगद तथा प्रसंशा पत्र प्रदान गरेको छ ।

उत्कृष्ट कार्य गरेवापत पुरस्कृत हुनेहरुमा एसएसपी उमेशराज जोशी, प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखामा कार्यरत एसएसपी दिपक थापा, अनुसन्धान योजना तथा विकास निर्देशनालयमा कार्यरत प्रहरी उपरिक्षक (एसपी) मनोज कुमार केसी, एसपी हृदय थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख (एसपी) राज कुमार बैदवार, विपद ब्यवस्थापन महाशाखामा कार्यरत एसपी बसन्त रजौरे, प्रहरी एकेडेमीमा कार्यरत एसपी तारादेवी थापा, कर्मचारी प्रशासन शाखाका प्रमुख (एसपी) चन्द्र कुवेर खापुङ पुरस्कृत भएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी, इलाका प्रहरी कार्यालय तुल्सिपुर दाङका डिएसपी हरिहरनाथ योगी र ट्राफिक महाशाखामा कार्यरत डिएसपी सुनिल जंग शाह पनि उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भएका छन् ।

त्यस्तै, इन्सपेक्टर पन्च कुमार बाखु, इन्सपेक्टर भुलाराज खनाल,इन्सपेक्टर हिरेन्द्र बहादुर रोकाया, प्रहरी नायव निरिक्षक (सई) सनम राई, जिल्ला प्रहरी कार्यालय कास्किमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) सन्तोष सुवेदी, प्रदेश शसस्त्र प्रहरी गण पोखरामा कार्यरत मानसिंह ठगुन्ना पुरस्कृत भएका छन् ।

प्रहरी हवल्दार गोकुल बहादुर कुँवर, एकेडेमीमा कार्यरत हवल्दार लक्ष्मी बन र प्रहरी जवान कुल बहादुर थापालाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुरस्कृत प्रहरी कर्मचारीहरुले नगद तथा प्रशंसापत्र प्राप्त गरेका छन ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...