NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

भारत संग नेपालको कारोबार उच्च हुँदा चीनले यसरी डरलाग्दो लगानी खान्यायो,नेपाललाई कुन देशले कति दिए

NIMB
leapmotornepal (citroen)

काठमाडौं – नेपालको अधिकांश व्यापारिक कारोबार भारतसँग भए पनि वैदेशिक लगानीमा भने भारतलाई चीनले उछिनेको छ । नेपालमा झण्डै ९० प्रतिशत व्यापारीक कारोबार भारतसँग हुने गरेको भए पनि भारतले नेपालमा लगानी गर्न संकोच मानेको देखिन्छ । चालू आर्थिक वर्षको कात्तिक पहिलो सातासम्ममा कूल १३ अर्ब २६ करोड वैदेशीक लगानी भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी चीनले नेपालमा लगानी गर्न चासो देखाएको छ । चीनबाट मात्रै नेपालमा कूल १० अर्ब ३९ करोड रुपैयाँ लगानी भित्रिने प्रस्ताव आएको हो ।

यस्तै भारतबाट भने जम्मा २ अर्ब ३० करोड लगानी गर्ने प्रस्ताव आएको छ ।उद्योग विभागको तथ्यांक अनुसार चीनले भारतको भन्दा ५ गुणा बढी लगानी गर्ने प्रस्ताव गरेको हो । भारतले उत्पादन, पर्यटकीय क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेको छ । भारतले उत्पादन क्षेत्रमा ५ करोड लगानी प्रस्ताव गरेको छ भने सर्भिसमा २ अर्ब १० करोड लगानी गर्ने प्रतिवद्धता देखाएको हो । हालसम्म भारतले पर्यटन क्षेत्रमा भने १५ करोड रुपैयाँ मात्र लगानी गर्ने प्रस्ताव राखेको छ । यस्तै, चीनले कृषि, सूचना प्रविधि उद्योग, उत्पादन, सेवामूलक र पर्यटन क्षेत्र गरी ५ ओटै क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेको छ ।चीनले सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । पर्यटन क्षेत्रमा ५ अर्ब ६२ करोड लगानी गर्ने प्रस्ताव गरेको हो ।

चीनले सेवामूलक क्षेत्रमा २ अर्ब ५२ करोड लगानी प्रस्ताव गरेको छ । चीनले उत्पादन मूलकमा ७० करोड, कृषिमा ५ करोड र सूचना प्रविधिमूलक क्षेत्रमा १ अर्ब ५० करोड लगानी प्रस्ताव गरेको हो । चालू आर्थिक वर्षको कार्तिक पहिलो सातासम्ममा कूल १३ अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा चीनबाट सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चीनले १० अर्ब ३९ करोड लगानी प्रतिवद्धता जनाएको छ भने भारतले २ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । यस्तै, अस्ट्रेलिया र पाकिस्तानबाट ५/५ करोड लगानी प्रतिवद्धता आएको छ । बंगलादेशबाट १५ करोड लगानी प्रतिवद्धता आएको छ । जापानले १० करोड लगानी प्रतिवद्धता देखाएको छ । बेलायतबाट २१ करोड लगानी प्रतिवद्धता आएको छ । पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा पर्यटनः पर्यटन क्षेत्रमा हालसम्म ५ अर्ब ८२ करोड लगानी प्रस्ताव आएको हो । पर्यट क्षेत्रका लागि चीन, जापान र भारतले लगानी प्रस्ताव गरेका छन् । चीनले पर्यटन क्षेत्रमा ५ अर्ब ६२ करोड लगानी प्रस्ताव गरेको छ । जापानले ५ करोड र भारतले १५ करोड लगानी प्रस्ताव राखेका हुन् । सेवामूलकः सेवामूलक क्षेत्रमा चालू आवमा कूल ४ अर्ब ९३ करोड लगानी प्रस्ताव आएको छ ।

यस क्षेत्रमा सबैभन्दा बढी चीनले लगानी चासो देखाएको छ । चीनले यस क्षेत्रमा २ अर्ब ५२ करोड लगानी प्रस्ताव गरेको हो । बेलायतले २१ करोड जापानले ५ करोड भारतले २ अर्ब १० करोड लगानी प्रस्ताव प्रतिवद्धता जनाएका छन् । उत्पादनमूलक: उत्पादन मूलक क्षेत्रमा चालू आवको कार्तिक पहिलो सातासम्ममा कूल १ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । उत्पादन मूलक क्षेत्रमा चीन, बंगलादेश र भारतले चासो देखाएका हुन् । चीनले उत्पादन मूलक क्षेत्रमा ७० करोड लगानी प्रस्ताव गरेको छ । बंगलादेशले उत्पादना १५ करोड र भारतले ५ करोड लगानी प्रस्ताव गरेको छ ।

सूचना प्रविधिः सूचना प्रविधि क्षेत्रमा हालसम्म कूल १ अर्ब ५५ करोड लगानी प्रस्तव आएको छ । यस क्षेत्रमा सबैभन्दा बढी लगानी चीनले गर्न प्रस्ताव गरेको छ । चीनले कूल १ अर्ब ५० करोड लगानी प्रस्ताव गरेको हो । यस्तै अष्ट्रेलीयाले ५ करोड लगानी प्रस्ताव गरेको छ । कृषि तथा वनजन्यः कृषि क्षेत्रमा चीनबाट मात्र लगानी प्रस्ताव आएको छ । कृषि क्षेत्रमा चीनले ५ करोड लगानी प्रस्ताव गरेको हो ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...