NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

बैंकका लागि साइबर सुरक्षा बीमा बन्यो पासो,राष्ट्र बैंकले बैंकहरुलाई यसरी लगाउदैछ सनासो

NIMB
leapmotornepal (citroen)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरुले स्वतस्फूर्त रुपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन निरौलाका अनुसार नेपालमा नै साइबर जोखिम सम्बन्धी बीमा सुविधा भए तापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरुले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् ।

अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरु खासै आकर्षित भएका छैनन् । राष्ट्र बैंकका अनुसार अहिले यस विषयमा आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । आवश्यक नीतिगत व्यवस्था गरेर ढिलोमा पनि आगामी असार मसान्तसम्म निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी छ । हाल बैंकहरुले बैंकिङ ब्लांक्वेट बीमा (बीबीआई) मार्फत आफ्नो सम्पूर्ण सम्पत्तिको बीमा गरेका छ छन् । तर, उक्त बीमालेखले साइबर सम्बन्धीको जोखिमलाई रक्षावरण गर्दैन । ‘बैंकहरुको साइबर जोखिम व्यवस्थापन गर्ने सिलसिलामा साइबर सुरक्षा बीमालाई समावेश गर्न लागेका हौं । तर, यो हाम्रो लागि नयाँ विषय हो । त्यसैले अहिले नीतिगत र हुन सक्ने खर्चको विषयमा अध्ययन गर्दैछौं, आवश्यक प्रक्रिया पुगेपछि निर्देशन जारी हुनेछ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

उनका अनुसार नेपालको बीमा कम्पनीमा नै बैंकहरुले यस्तो बीमा गर्नुपर्ने गरी निर्देशन आउनेछ । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरुले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् । अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरु खासै आकर्षित भएका छैनन् । गत भदौ १४ गतेको एटीएम ह्याकको घटनालाई अध्ययन गर्न बनेको समितिले पनि राष्ट्र बैंकलाइ साइबर सुरक्षाका लागि बीमा नीति ल्याउन सुझाव दिएको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रमा साइबर हमला बढेको छ । गत भदौ १४ गते चिनियाँ ह्याकर समूहले यहाँका बैंकहरुको एटीएम नेटवर्क ह्याक गरेर ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालेका थिए । त्यसमा नेपालबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट १ करोड ७० लाख रुपैयाँ निकालिएको तथ्यांक नेपाल राष्ट्र बैंकले निकालेको थियो ।

नेपालदेखि झिकिएको रकम सहित पक्राउ परेका ६ चिनियाँ ह्याकर र २ मनी एक्सचेन्ज कम्पनीबाट बरामद भएको पैसा ‘रिकभर’ हुने देखिन्छ । तर, भारतबाट झिकिएको पैसा फिर्ता हुने विषयमा भने अझै अन्योलमा छ । यस्तै, गत असोजको पहिलो साता १२ जना नेपालीले कृषि विकास बैंकका कर्मचारीको युजरनेम ह्याक गरी सोही बैंकको ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी गरेका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतको मुम्बईमा बस्ने पिटर नामक विदेशी नागरिकले उनीहरुलाई परिचालन गरेको शंका गरिएको छ । प्रहरीले पक्राउ गरेका नेपालीबाट ४० लाख ५० हजार रुपैयाँ रकम मात्र बरामद गरेको थियो, जसअनुसार बाँकी पैसा फिर्ता हुने विषयमा भने अन्योल नै छ । यदि, उनीहरुले यस्तो साइबर बीमा गरेको भए बीमा कम्पनीबाट आर्थिक राहत पाउने थिए । त्यस्ता घटना भएपछि बैंकहरुको साइबर सुरक्षा बीमा गर्न विषयमा राष्ट्र बैंक अगाडि बढेको हो, जसले आगामी दिनमा हुनसक्ने साइबर हमलाको घटनामा केही राहत मिल्नसक्छ ।

त्यसो त पछिल्लो समय बैंकहरु साइबर बीमा गर्न सकारात्मक देखिएको बीमा कम्पनीहरुको भनाइ छ । अबका दिनमा केही बैंकहरुले यस्ता बीमा गर्न सक्ने नेपाल इन्स्यारेन्सका नायब महाप्रबन्धकले विक्रान्त पाण्डेको भनाइ छ । ‘यस विषयमा राष्ट्र बैैंकले नै आवश्यक नीति ल्याउन लाग्नु सकारात्मक पक्ष हो । हालै भएका साइबर हमलाबाट भएको क्षति त्यति ठूलो होइनन् जस्तो लाग्छ । तर, भोलिका दिनमा ठूलो मात्रामा नोक्सानी भयो हामी पनि आवश्यक राहत दिन सक्छौं,’ उनले बताए ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...