CG Electronics
IME Life
NIMB

सिमेन्ट बनाउन प्रयोग गरिने कच्चा पदार्थ क्लिंकर आयातमा गिरावट, तीन महिनामा ४ अर्ब घट्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं – मुलुकमा पछिल्लो समय निरन्तर रुपमा क्लिंकरको आयात घट्दै गएको भए पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्बभन्दा धेरै रुपैयाँ बराबरको आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६-७७ को पहिलो तीन महिनामा १ अर्ब ७ करोड २५ लाख रुपैयाको १४ करोड ६६ लाख १९ हजार २ सय १६ केजी सिमेन्ट क्लिंकर आयात भएको छ।

यो सिमेन्ट बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो। पछिल्लो केही समयदेखि क्लिंकर आयात निरन्तररुपमा घट्दै गएको छ। गत वर्षको सोही अवधिमा क्लिंकरको आयात ४ अर्ब ९७ करोड ७८ लाख रुपैया बराबरको ५७ करोड ३३ लाख १८ हजार केजी भएको थियो। गत आर्थिक वर्षमा ११ अर्ब ६७ करोड ८७ लाखको क्लिंकरको आयात भएको थियो। जबकी त्यो भन्दा अघि २०७४-७५ कम ३० अर्ब २१ करोडको आयात भएको थियो।

हाल मुलुकमा सरकारी र निजी क्षेत्रको गरी १ सय ३३ वटा सिमेन्ट उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् भने अन्य ८ वटा निर्माणाधिन अवस्थामा रहेका छन्। यीमध्ये केहीले आफै क्लिंकर उत्पादन गरिरहेका छन् भने केही अरुबाट किनेर खपत गर्छन्। हाल सिमेन्ट वार्षिक खपत झन्डै ७५ लाख मेट्रिक टन रहेको छ भने उत्पादन ८० लाख मेट्रिक टन हुने गरेको छ। व्यवसायीका अनुसार उद्योगहरुले आफ्नो उत्पादन क्षमताको ६० देखि ६५ प्रतिशत मात्र उपयोग गरिरहेका छन्। हाल सञ्चालनमा रहेका र निर्माणधिन उद्योगहरुको जडित क्षमता २ करोड मेट्रिक टन पुग्ने विभागको तथ्यांकमा उल्लेख छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...