NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

भ्रमण बर्षलाई सफल बनाउन ठमेलमा शुरु भयो काम,अधिकारीले चलाए मध्यरातमै यस्तो अभियान

NIMB
leapmotornepal (citroen)

काठमाडौं – पर्यटक र ठमेल एक अर्काका पर्यायबाची शब्दका रुपमा दूरदराज देखि शहरिया घरानाका नेपालीले बुझ्ने र जान्ने शब्दका रुपमा पछिल्ला दिनमा स्थापित बनेको छ। ठमेल पर्यटक ओईरिने स्थलका रुपमा परिचित मात्र छैन स्थापित नै छ। बिदेशी पर्यटकले पनि ठमेललाई सिंगो नेपालको रुपमा चिन्छन। हो केही दिन यता वाट नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ठमेल विकाश परिषदको नेतृत्वमा ठमेल अनुगमन गर्न थालिएको छ । ठमेललाई साच्चिकै ठमेल बनाउन र सिंगो नेपालको सभ्य परिचय दिन परिषद्का महासचिव ध्रुब अधिकारी पछिल्ला दिनमा हमेशा खटिएका छन् । जसको पछिल्लो उदाहरण ‘सुन्दर ठमेल सुरक्षित ठमेल’ बनाउने अभियान अनुसार आइतवार राति उनै अधिकारीको बिशेष पहल र सक्रियतामा अनुगमन गरिएको हो ।

परिषदका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा अधिकारीको पहलकदमीमा गएको अनुगमन टोलीले ठमेलको रात्री जीवनको अनुगमन गर्दै सुधार गर्नु पर्ने बिषयको टुंगो लगाएको बुझिएको छ। अनुगमनपछि टोलीले सडक बालबालिकालाई व्यवस्थापन गरेर ठमेलको पहिचानलाई थप मजबुत पार्ने अधिकारीले बताए। टोलीमा अध्यक्ष राणा, उपाध्यक्ष राजु मान डंगोल, महासचिव अधिकारी, स्रोहखुट्टे प्रहरी वृत्तका प्रहरी, दरबारमार्ग प्रहरी वृतका प्रहरीलगायत सहभागी भएका थिए । टोलीले फुटफाट व्यापार, अव्यवस्थित पार्किङ, तेस्रो लिंगीहहरुलाई ठमेलबाट हटाउने र उचित व्यवस्थापन गर्ने महासचिव अधिकारीले छुट्टै योजना बनाएको र सोही योजना बमोजिम ब्यबस्थापन हुने परिषद श्रोतले बताएको छ । नेकपाका युवा नेता समेत रहेका पर्यटन व्यवसायी अधिकारी पर्यटन क्षेत्र सुधार र ठमेललाई नेपालको सिंगो अस्तित्व विश्वमा परिचित गराउने अभियानका महारथीका रुपमा ठमेलमा चिनिदै आएका छन्। ठमेलका पर्यटन ब्यबसायी मात्र नभएर बिदेशी पर्यटकले समेत उनको प्रसंशा गर्ने गरेको बुझिएको छ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...