CG Electronics
IME Life
NIMB

पानीको हा’हाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गो’ली हा’नी मा’र्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ, ७६ पुस २३ । पानीको हा’हाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गो’ली हा’नी मा’र्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मु’श्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको स’मस्या झनै बढेपछि स्थानीयले ऊँट मा’र्न आग्रह गरेका थिए। हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गो’ली हानी मा’रिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन्। जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मा’र्ने चलन पहिले देखि रहिआएको छ।

अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ। १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो। त्यस्तै महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो नि’भ्ने सुरसार छैन। गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट म’रेका र बाँ’च्न सफल भएका वन्यजन्तुका थिए: ठूलो आगोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर। जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन्।

अष्ट्रेलियाका जंगलमा नोभेम्बर-डिसेम्बरतिर आगलागी हुनु कुनै नौलो कुरा होइन। तर यसपालि गर्मी सिजन अष्ट्रेलियाका लागि अ’भिषापजस्तै बनेर आयो र यो अझै नियन्त्रणभन्दा बाहिर छ। अहिले भइरहेको आ’गलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ख’तरनाक छ। आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्या’न गु’माएका छन्, सयौं घर जलेर ध्व’स्त भएका छन्। लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षी खरानी बनेका छन्। गर्मी चाँडै सकिनेवाला छैन। केही दिनअघि दक्षिण पूर्वी अष्ट्रेलियाका हजारौं नागरिक र छुट्टी मनाउन गएकाहरूलाई आपतकालिन उद्धार गर्नुपर्‍यो।

किनकी उनीहरू बसेको ठाउँलाई चारैतिरबाट आगोले घेरिसकेको थियो। आगलागीबाट देशको बाँकी भू-भागसँग सम्बन्ध टु’टेका सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन सैनिक पानीजहाज र विमान परिचालन भएका छन्। अहिलेसम्मकै बढी तापक्रम, लामो खडेरी र श’क्तिशाली हुरीबतासको संयोजनले यसपालि अष्ट्रेलियामा आगोको वि’ध्वंश बढेको हो। मध्य डिसेम्बरतिर तातो हावाको लहर लगभग अष्ट्रेलियाभरि चलेको थियो। यसपालि अष्ट्रेलिया तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयो। अष्ट्रेलियाको इतिहासमै यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन।

कुनैकुनै भागमा अहिले पनि तातो हावाको लहर चलिरहेको छ। अत्याधिक तापक्रमको गर्मी सिजन आउनुअघि अष्ट्रेलियाको इतिहासमै वसन्त ऋतु सबैभन्दा सुख्खा भएको थियो। न्यू साउथ वेल्स र क्विन्सल्याण्ड राज्यका धेरै भागमा सन् २०१७ को सुरूदेखि नै निकै कम पानी परेको थियो। त्यो खडेरीले देशको कृषि क्षेत्रलाई प्रभावित बनाएको थियो। तीमध्ये केही क्षेत्रमा अहिले आगो दन्किरहेको छ।सेप्टेम्बर लागेसँगै यसपालिको आगलागीबारे अष्ट्रेलियामा अशुभ संकेतहरू देखिइसकेका थिए। सेप्टेम्बर ९ मा क्विन्सल्याण्डका पहाडको प्रवेशद्वारमा रहेको बिना बुरा लज बुस फायरमा परी खरानी भएको थियो।

उष्ण वनले घेरिएको लज जलेको र आगोको ज्वा’ला देखेर वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अ’स्वभाविक भएको बताएका थिए। अहिले अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फै’लिएको छ। सबैभन्दा बढी पूर्वी तटीय क्षेत्रमा धेरै प्र’भाव परेको छ। नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन ख’टिएका थिए। नोभेम्बर ११ मा उक्त राज्यले एक दशक यताकै सबैभन्दा ड’रलाग्दो आगलागी भएको भन्दै सूचना निकालेको थियो। सिड्नीको आकाशमा कयौं दिनसम्म धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएपछि सबै प्रकारका आगोमाथि प्र’तिबन्ध लगाइयो।

न्यु साउथ वेल्समा १० करोड एकड जमिन आगोले ज’लेको छ। जसबाट झन्डै १ हजार घर क्ष’ति भएका छन्। उक्त राज्यमा अहिले पनि ९० ठाउँमा आगलागी भइरहेको छ। अहिलेसम्म १० करोड २० लाख जमिनमा आगो पुगेको छ। गत वर्ष अमेरिकाको क्यालिफोर्नियामा लागेको आगो १९ लाख एकड जमिनमा फै’लिएको थियो। झन्डै १०० जनाको ज्यान गएको उक्त आ’गलागी क्यालि फोर्नियाको इतिहासमै सबैभन्दा ठूलो हो। अष्ट्रेलियामा यसपालि १५ जनाले आगलागीमा ज्या’न गु’माएका छन्। अधिकारीहरूले यो संख्या अझै बढ्न सक्ने बताएका छन्।

आगो यति ठूलो छ कि यसलाई नियन्त्रण गर्नु सरकारको बुताभन्दा बाहिर छ। अहिले दशौं हजार अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन्। जसमध्ये धेरै स्वंयसेवक छन्। उनीहरू हप्तौंदेखि आगो निभाउन लागेका छन् कुनैबेला त दैनिक १२ घन्टासम्म काम गरेका छन्। संघीय सरकारले केही दिनअघि स्वंयसेवकले मागे एक जनालाई ४ हजार डलरका दरले क्षतिपूर्ति घोषणा गरेको छ। आगो बढ्दै गएपछि अष्ट्रेलियाले सेना परिचालन गरेको छ भने आफ्ना मित्र राष्ट्रहरूसँग सहायता मागेको छ।अष्ट्रेलियन प्रतिरक्षा फौ’जले भिक्टोरिया र न्यु साउथ वेल्समा ब्लाक हक र चिनुक हेलिकप्टर, विमान र सैन्य पानीजहाज पठाएको छ।

अमेरिका र क्यानडासँग पानी ट्यांकर भएका जहाज पठाइदिन अनुरोध गरेको छ। क्यानडाले ३० अ’ग्निनियन्त्रक पठाउने बचन दिएको छ। वैज्ञानिकहरूले पहिला नै भनेका थिए- जलवायु परिवर्तन जति बढ्दै जान्छ अष्ट्रेलियामा त्यति नै आगलागीका घ’टना पनि बढ्छन्। वैज्ञानिक अध्ययनहरूका अनुसार जलवायु परिवर्तनको प्रभावमा अष्ट्रेलिया निकै सं’वेदनशील देश हो। गर्मी सिजनमा अष्ट्रेलिया तातो र सुख्खा हुन्छ तर जलवायु परिवर्तनले तातो हुने अ’वधि बढाइरहेको छ भने वनस्पतिलाई सुख्खा बनाउँछ। सुख्खा बोटविरूवामा आगो सल्किन सजिलो हुन्छ।

अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बि’सर्जन गर्छ। यसरी निस्केको का’र्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ। यो क्रम अहिले पनि जारी छ। सत्ता चलाइरेको कन्जरभेटिभ ग’ठबन्धन उर्जा र जलवायु परिवर्तन नीतिमा अझै स’हमति जु’टाउन सकेको छैन।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...