CG Electronics
IME Life
NIMB

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष र महाप्रवन्धकबीच कुटाकुट (भिडियोसहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ, ७६ पुस २४ । बालाजुमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रवन्धक सुवास सिटौलाबीच कार्यकक्षमै हात हालाहालको स्थिती श्रृजना भएको छ । केही दिन अघि अध्यक्ष बस्नेतले महाप्रवन्धक सिटौलाको कार्यकक्षमा तालाबन्दी लगाइदिएका थिए ।
त्यही पछि यी दुईबीच चर्कदै गएको विवाद हात हालाहालको स्थितीमा पुगेको हो ।


बुधबार सदाझैं कार्यकक्षमा पुगेका थिए महाप्रवन्धक सिटौला । उनले विद्युतीय हाजिरीमा हाजिर गर्न खोजे तर त्यहाँ अध्यक्ष बस्नेतको निर्देशनमा कर्मचारीको सूचीबाट उनको नाम हटिसकेको थियो । उनी कार्यकक्ष भित्र छिर्न खोज्दा अध्यक्ष नन्द किशोर बस्नेतले ढोकामा बसेर छेकेको थिए ।


त्यही पछि विवाद बढ्दै जाँदा महाप्रवन्धक सुवास र नन्दबीच हात हालाहालको स्थिती श्रृजना भएको हो ।
नन्दकिशोर बस्नेतलाई मन्त्रालयकै सचिव यामकुमारी खतिवडा लगायका उच्च पदस्थहरुको साथ छ । यस अिघ नै महाप्रवन्धक र अध्यक्षको हैसियतमा एक कार्यकाल काम गरिसकेका बस्नेतलाई पूर्व मन्त्री मातृका यादव कुर्नै पनि हालतमा नियुक्त दिन चाहेका थिएनन् । तर मन्त्रीभन्दा सचिव जब्बर भए पछि कस्को के जोर चल्ने ?


सचिवस्तरीय निर्णय गरी क्याविनेटमा उनको नाम पुग्यो र उनी औद्योगिक क्षेत्रको अध्यक्ष बने । त्यहाँ सर्वाेच्च अदालतबाट मुद्धा मामिला जितेर पुन त्यही फर्किएका व्यक्ति हुन् सुवास सिटौला । केही साता अघि यी दुईबीचको जुँगाको लडाई यस अघि कस्तोसम्म देखिएको थियो भने,अध्यक्ष नन्दकिशोरले महाप्रवन्धक सुवास सिटौलालाई गलहत्याउने,महाप्रवन्धकले अध्यक्ष हटाउने । चिठी नै काटेर अध्यक्षले महाप्रवन्धकको पत्र जुहारीको घटना सेलाउन नपाउँदै गत आइतबार अध्यक्ष नन्दकिशोरले महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा ताला ठोकिदिए । यस अघि नै मुद्धा जितेर काममा फर्किएका सिटौला उद्योग मन्त्रालय पुगेर मन्त्री लेखराज भट्टसँग रुवाई कराई गरे । बिन्ती बिसाए ।


मन्त्री भट्टले तत्कालै अध्यक्ष नन्दकिशोरलाई ताला खोल्न निर्दैेशन दिए । तर जब्बर बस्नेतले मन्त्रीको निर्देशन पनि लत्याइदिए । महाप्रवन्धक सिटौला सर्वोच्च अदालतको आदेशका आधारमा अर्थमन्त्रालयको सिफारिसमा महाप्रबन्धक तोकिएका थिए । यही लफडामा बुधबार यी दुईबीच कुटाकुट नै भएको हो । अध्यक्ष बस्नेतले महाप्रबन्धकको उमेर हदका कारण पदमा बस्न रोकेको भन्दै  राजीनामा नदिएसम्म कार्यालयमा पस्न नदिने अडान राखेका छन् ।तर, महाप्रबन्धक सिटौला भने आफूलाई सरकारले अयोग्य भनेर हटाए मात्र म हटने तर अध्यक्षको एउटा पत्रका भरमा राजीनामा नदिने बताउँछन् ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...