एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित तीन जना पक्राउ
Monday Feb 03, 2020
वि.सं.२०७६ माघ २० सोमवार १६:२२

७६ सप्तरी,२०माघ: सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ सोरनपट्टी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले माघ १९ गते करीव ९२ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बोधेबसाईन नगरपालिका १ बस्ने १७ वर्षिय कृष्णदेव यादव, २३ वर्षिय बिजयकुमार यादव र २२ वर्षिय शिवप्रकाश यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
स ५ प २१३६ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।




























