CG Electronics
IME Life
Ncell NPL

नेपाल राष्ट्र बैंकले सिभिल र नेपाल बंगलादेश बैंकलाई कारबाही, थप ३ वाणिज्य बैंकहरुलाई जरिवाना

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं,२१ माघ:गत साता सिभिल बैंक र नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको नेपाल राष्ट्र बैंकले थप ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात ९सीसीडी रेसियो० नपुर्‍याएको भन्दै सिभिल बैंक र नेपाल बंगलादे बैंकलाई कारवाही गरेको हो ।

यि दुई बैंकले तोकिए अनुसार सीसीडी रेसियो कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सिभिल बैंकलाई ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना गरिएको हो ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ८० प्रतिशत सीसीडी रेसियो कायम गर्न भनेको छ । यो भनेको कुनै बैंकले एक सय रुपैयाँ निक्षेप लिए भने ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछन्, २० रुपैयाँ भने बैंकले तरलता राख्नु पर्छ । यस्तो व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सिभिल र बंगलादे बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै कारबाही गरेको छ ।

यो सँगै यस वर्ष कारवाहीमा पर्ने वाणिज्य बैंकको संख्या ४ पुगेको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको थियो ।

www.prabhubank.com

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५र७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बेंकले गर्ने गरेको छ । सोही अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...