CG Electronics
IME Life
Ncell NPL

चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६भक्तपुर,२फाल्गुण:सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पुर्‍याउने भन्ने बारेमा शुक्रबार पूर्वाभ्यास गरेको छ । 

चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पुर्‍याउने भन्नेबारे  प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीमा रहेकाे क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो । 

चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी शुक्रबार बेलुकीसम्ममा सक्ने सचिव विडारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘शुक्रबार बेलुकीसम्म क्वारेनटाइन निर्माण सम्पन्न गरिन्छ, चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ, चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ, विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेका छौँ । ’

सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा श्यया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा श्यया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको बताउनुभयो । 

यहाँ नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रुपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रुपमा बस्ने, यहाँभित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । 

शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाली लिन चीनतर्फ जानेछ भने उक्त जहाज आइतबार राति नेपाल अवतरण हुनेछ । 

विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड’ तयार पारेको छ ।

क्वारेन्टाइनमा १५ दिनसम्म राखिने र त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार गरिने व्यवस्था गरिएको छ । कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङ्कङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ । 

This image has an empty alt attribute; its file name is 1120x100-2-1024x91-1.gif

सञ्चारकर्मीलाई तस्बिर लिन रोक 

भक्तपुरको खरिपाटीमा भएको ‘रिहर्सल’ को तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका छन् । सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच निकैबेर घम्साघम्सी चलेको थियो । सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गरे पनि क्वारेन्टाइनको तस्बिर लिन भने रोक लगाइएको थियो। 

सञ्चारकर्मीले सरकारको तयारीबारे जानकारी दिन पनि तस्बिर र भिडियो आवश्यक छ भनेर माग गर्दा पनि रोक लगाइएको थियो । सञ्चारकर्मीलाई रोक लगाएको र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो । 
    
उहाँले भन्नुभयो, ‘सञ्चारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याइएकालाई राखिँदैछ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम भएको छ, यसले सरकारको तयारीबारे शङ्का जन्माएको छ ।’

सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि गरेको अभद्र व्यवहारको सञ्चारकर्मीले विरोध गरेका थिए ।

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...