CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

परिवार दलले दियो पत्रकार महासंघलाई सुरक्षा सामाग्री

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 ७७काठमाडौँ,७वैशाख:नेपाल परिवार दलले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई प्रदान गरेको छ ।
आईतबार पत्रकार महासंघको कार्यलयमा नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सुरक्षा सामग्री महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई हस्तान्तरण गरेका छन् । सुरक्षा सामग्रीमा मास्क रहेका छ ।
सामाजिक उत्तरदायित्व तथा नागरिकहरूलाइ सुचना प्रवाह जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारहरुका लागी थोरै भएपनि सुरक्षा सामाग्री उपलब्ध गराएको अध्यक्ष ढकालले बताए ।

महासंघ मार्फत पत्रकारका लागि लागि परिवार दलल२०००थान मास्क पत्रकार महासंघलाई उपलब्ध गराएका हुन् ।सुरक्षा सामाग्री बितरणका क्रममा अध्यक्ष ढकालले भने, ‘दिनरात नभनी अहोरात्र खटिनु भएको छ, ‘सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सहि सूचना पाउदैँनन् त्यसैले सुरक्षार्थ सानो सहयोग गरेको हुँ।’ उनले अहिलेको महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी नै पहिलो मोर्चामा हुने भएकोले आफनो दलले सक्ने सहयोग लिएर महासंघ आईपुगेको बताए ।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष आचार्य लगायत कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य गोपाल बराईली पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमिति सदस्य बिष्णु निश्चल परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलको पनि सहभागिता रहेको थियो ।
सामग्री बुझ्दै महासंघका अध्यक्ष गोबिन्द आचार्यले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशिल पत्रकारहरुलाई उपलब्ध गराईने बताए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागी सुरक्षा कवज उपलब्ध गराएकोमा पत्रकार महासंघले परिवार दललाई धन्यबाद दिएको छ ।
पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यले फिल्डमा रिपोर्टिङ गर्दा अनिवार्य रुपमामास्कको प्रयोग गरी सतर्क र सुरक्षित बनेर समाचार संकलन गर्नु पर्ने बाध्यता रहेको बताए ।

‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ,’ अध्यक्ष आचायले भने, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ ।’ उनले पत्रकारको को लागि पनि राज्यले बिमा लगायत पत्रकारलाई आवश्यक पर्ने इन्टरनेट बिजुली लगायतका कुरामा पनि राज्यले सहुलियत दिनुपर्ने बताए ।
परिवार दलले गत बैशाख २ गते कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटललाई ५००० मास्क प्रदान गरेको थियो । हाल संसदमा प्रतिनिधित्व नभए पनि परिवार दल देशमा आइपर्ने हरेक संकटको सामनामा अग्रपंतिमा देखिदै आएको छ ।

सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा

सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ०८:३८

काठमाडौं । दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन मस्र्याङ्दी बेसी जलविद्युत आयोजना...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:५२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...