CG Electronics
IME Life
NIMB

कजारिया रमेश टायल्स अब तारकेश्वर, जरंखुमा पनि

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल – २०८३ जेष्ठ १ – विश्वस्तरीय टायल्सलार्ई आम उपभोक्ताको पहुँचमा ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ ।

यस शोरूमको उद्घाटन हिजो २०८३ वैशाख ३१ गते, दिउँसो १ः०० बजे सम्पन्न भयो । यस भव्य उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइटेलको उपस्थिति रहेको थियो ।

साथै, कार्यक्रमका प्रमुख अतिथिहरू तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति थियो । हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीसँगै उहाँहरूले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नुभयो।

यो नयाँ शोरुम ग्राहकहरूलाई आफ्नो घरको भित्री सजावटबारे स्पष्ट सोच बनाउन मद्दत गर्ने गरी तयार पारिएको छ । यहाँ आएर ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा छामेर वा हेरेर आफ्नो आवश्यकता अनुसारको छनोट गर्न सक्नेछन् ।

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भन्नुभयो, “हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एक महत्वपूर्ण हिस्सा हो । तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै उहाँहरूको घर निर्माण वा सजावटको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौँ ।”

यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । जरंखु र आसपासका क्षेत्रका बासिन्दाहरूलाई टायल डिजाइनको नवीनतम अनुभव लिन शोरुम भ्रमण गर्न हार्दिक आमन्त्रण गरिन्छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा क्गउभचदचबलम २०२५ को उपाधि, ब्कष्ब’क ःयकत एचयmष्कष्लन द्यचबलम को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता क्ष्क्इ ९००१ः२०१५ र क्ष्क्इ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद् (क्ष्न्द्यऋ) को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ ।

यसैलाई निरन्तरता दिँदै कजारियाले हालै ल्क् त्तगबष्तिथ ब्धबचम २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी. र ४० ह ४०से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०ह४०से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी.(ज्म् एयष्किजभम) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...