IME Life
NIMB

सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा

NIMB
Himalayan Bank

काठमाडौं । दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन मस्र्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा कम्पनी तथा ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् ।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका हुँदै बग्ने मस्र्याङ्दी नदीमा उक्त आयोजना निर्माणाधीन रहेको कम्पनीले जनाएको छ ।

कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह–वित्तीयकरणमार्फत कर्जा व्यवस्थापन गरिने भएको हो । बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीले स्वपूँजीमार्फत जुटाउने जनाएको छ ।

कम्पनीका अनुसार आयोजनाको निर्माण अवधि चार वर्ष तोकिए पनि आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् विद्युतगृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७५ भदौ १० गते सम्पन्न भएको थियो । साथै कम्पनीले २०७४ असोज १ गते ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको जनाएको छ ।

यो कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, देशमा निजी क्षेत्रबाट विद्युत आयोजना सुरु गर्ने अग्रज गुरुप्रसाद न्यौपाने, सिटिजन्स बैंकका कार्यकारी अधिकृत गणेशराज पोख्रेल, दिपज्योति हाइड्रोपावरका  इन्द्रमणि त्रिताल अध्यक्ष , सन्जब न्यौपानेले आयोजना निर्माणका विविध पक्षमा मन्तव्य राखेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...