केन्द्रीय बैंकले सात विभाग र कार्यालयको नाम फेर्यो
Wednesday May 20, 2020
वि.सं.२०७७ जेठ ७ बुधवार १८:२९
सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ । अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग भएको छ । सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ । उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयमा रूपान्तरण भएको छ ।त्यस्तै, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ । संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग भएको छ । बैंकिङ कार्यालय बैंकिङ विभाग भएको छ ।























