nic bank
himalayan everesat
Nmb bank

मनिषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडियामा हंगामा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – नी यतिबेला भारतीय मिडियाको निशानामा परेकी छिन् । मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत चर्का आलोचना गरिरहेका छन । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषाले गरेको एउटा ट्वीटका कारण सामाजिक संजालमा वार चलिरहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । उनले लेखेकी छिन- ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा आलोचना गरिरहेका छन । तर नेपालीहरुले भने मनिषाको खुलेर प्रशंसा गरेर पोष्टहरु गरिरहेका छन् । नेपालमा उनको वाहवाह चलिरहेको छ । हजारौं ट्वीट र स्टाटसमा लेखिएका शब्दहरु भाइरल भइरहेका छन् ।

मनिषाको यहि ट्वीटलाई लिएर केही भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै आलोचना गरेका छन् । यतिसम्म कि कतिपय ब्यक्तिहरुले उनका फिल्म बहिष्कार गर्न र भारतबाट लखेट्नुपर्छ भनेर गाली गरिरहेका छन् । भारतीय टिभी च्यानल एबीपीले ‘खाति भारतकी और गाति चीनकी’ ।

मनिषाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन । साथै उनले सीमा र नक्साको बिषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीट पनि आरटी गरेकी छन् । यद्यपी, भारतीय मिडियाहरुको आक्रमणलाई कतिपय विश्लेषकहरुले अविवेकीपूर्ण, तुच्छ र पत्रकारिताको मर्म विपरित भनेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३५

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली...

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ : मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३०

  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार...

वि.सं.२०८१ वैशाख ५ बुधवार ११:०४

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद...

चीन–भारत–अमेरिका रणनीतिक त्रिकोण र नेपाल

चीन–भारत–अमेरिका रणनीतिक त्रिकोण र नेपाल

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:३५

  विश्व र एशियाली क्षेत्रमा चीनको प्रभावशाली उदयले अमेरिका भारतसँग...