IME Life
NIMB

मनिषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडियामा हंगामा

NIMB
Himalayan Bank

काठमाडौं – नी यतिबेला भारतीय मिडियाको निशानामा परेकी छिन् । मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत चर्का आलोचना गरिरहेका छन । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषाले गरेको एउटा ट्वीटका कारण सामाजिक संजालमा वार चलिरहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । उनले लेखेकी छिन- ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा आलोचना गरिरहेका छन । तर नेपालीहरुले भने मनिषाको खुलेर प्रशंसा गरेर पोष्टहरु गरिरहेका छन् । नेपालमा उनको वाहवाह चलिरहेको छ । हजारौं ट्वीट र स्टाटसमा लेखिएका शब्दहरु भाइरल भइरहेका छन् ।

मनिषाको यहि ट्वीटलाई लिएर केही भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै आलोचना गरेका छन् । यतिसम्म कि कतिपय ब्यक्तिहरुले उनका फिल्म बहिष्कार गर्न र भारतबाट लखेट्नुपर्छ भनेर गाली गरिरहेका छन् । भारतीय टिभी च्यानल एबीपीले ‘खाति भारतकी और गाति चीनकी’ ।

मनिषाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन । साथै उनले सीमा र नक्साको बिषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीट पनि आरटी गरेकी छन् । यद्यपी, भारतीय मिडियाहरुको आक्रमणलाई कतिपय विश्लेषकहरुले अविवेकीपूर्ण, तुच्छ र पत्रकारिताको मर्म विपरित भनेका छन् ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...