CG Electronics
IME Life
NIMB

अनुसन्धान ब्यूरो र वाग्मती प्रदेशमा प्रदेश प्रहरी गठन हुने

NIMB
Himalayan Bank

वाग्मती प्रदेशमा प्रदेश प्रहरी र अनुसन्धान ब्यूरो गठन हुने हेटौँडा-वाग्मती प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेशमा प्रहरी कर्मचारी समायोजनपश्चात् जनशक्ति विकास र आवश्यक भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई प्रदेशसभासमक्ष आज प्रस्तुत गर्नुभएकोे नीति तथा कार्यक्रममा प्रहरीले गर्ने अपराधको अनुसन्धान कार्यलाई वस्तुनिष्ठ, प्रमाणमुखी र प्रभावकारी बनाउन आधुनिक प्रविधिसहितको विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने, प्रदेशभित्र प्रवेश गर्ने सवारी साधनहरूको व्यवस्थित तथ्याङ्क तथा चेकजाँच गर्नका लागि प्रमुख नाकाहरूमा स्वचालित सवारी साधन अनुगमन प्रणालीको विकास गर्ने, स्थानीय तहमा चालू अवस्थामा रहेका शान्ति पार्क, स्मारक, शान्ति सङ्ग्रहालय जस्ता पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ


त्यस्तै विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोषको रकम वृद्धि गरिने भएको छ । सङ्घ, प्रदेश, स्थानीय तह एवम् अन्तरप्रदेश, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबीच समन्वय काम गरिने जनाइएको छ । उद्धार एवम् राहत सामग्रीको भण्डारण गर्न प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको गोदाम घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लामा उद्धार एवम् राहत सामग्री भण्डारण र व्यवस्थापन गर्ने जनाएको छ ।

शहिद, बेपत्ता परिवार एवम् घाइते तथा अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई ‘द्वन्द्व पीडितका साथ प्रदेश सरकार’ भन्ने नाराका साथ द्वन्द्वपीडित परिवारहरूका लागि स्वास्थ्य उपचार, सीप अभिवृद्धि र रोजगारी कार्यक्रम र ‘प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान’ भन्ने नाराका साथ स्थानीय न्यायिक समितिका कार्यलाई कानूनी र प्रशासनिक सहजीकरण गर्न प्रत्येक स्थानीय तहमा कानूनी सहजकर्ता व्यवस्था गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने भएको छ । सूचना सङ्कलन, अध्ययन, अनुसन्धान, विश्लेषण र सूचना प्रवाह गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...