CG Electronics
IME Life
NIMB

कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने अनुमान

NIMB
Himalayan Bank

काठमाडौं –नेपालमा अधिकतम १० हजार संक्रमित पुगेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) शीर्षकमा झन्डै सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड–१९ लाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य, अस्पताल व्यवस्थापन, सूचना प्रणाली, उपचारलगायत शीर्षकमा ६ अर्ब ८९ करोड ९ लाख ३९ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएकोे हो ।

केन्द्रमा १ अर्ब ९३ करोड २६ लाख ७२ हजार रुपैयाँ र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब ९५ करोड ८२ लाख ६७ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ । क्वारेन्टिन व्यवस्थापनका लागि केन्द्रमा २१ करोड २३ लाख १० हजार रुपैयाँ, स्थानीय र प्रदेश तहमा २ अर्ब १२ करोड ३१ लख खर्च हुने प्रक्षेपण गरिएकोे छ ।

अधिकतम १० हजार संक्रमित मुख्य आधार

यस्तै, केस अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङका लागि केन्द्रमा ५० लाख, प्रदेश र स्थानीय तहमा ५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोे छ । सामुदायस्तरमा स्क्रिनिङ र टेस्टिङका लागि केन्द्रमा ४ करोड २५ लाख ३० हजार रुपैयाँ, प्रदेश र स्थानीय तहमा १७ करोड १ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोे छ ।

संक्रमितको उपचार शीर्षकमा स्थानीय तह र प्रदेशमा १ अर्ब ६० करोड १८ लाख ७५ हजार रुपैयाँ तथा केन्द्रमा ७५ करोड ६१ लाख २४ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।

निगरानी शीर्षकमा केन्द्रमा ४ करोड ६० लाख, प्रदेश र स्थानीय तहमा ५० लाख खर्च हुने प्रक्षेपण गरिएकोे छ । यस्तै, समुदायको सहभागिता र जोखिम सञ्चार शीर्षकमा केन्द्रमा १ करोड पाँच लाख रुपैयाँ, प्रदेश र स्थानीय तहमा २२ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड–१९ रोकथाम नियन्त्रणका लागि सरकारले खर्चसम्बन्धी प्रारम्भिक प्रक्षेपण तयार पारेको बताए । उनले भने, ‘संक्रमण दर बढ्दै गयो भने जुन क्षेत्रमा संक्रमण फैलिएको छ, त्यस क्षेत्रमा रहेका अस्पतालको स्तरवृद्धि गर्न आवश्यक छ ।’

संक्रमित ७ सय ७२ पुगे
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार मात्रै ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५ सय ८२ जना आइसोलेसनमा उपचाररत छन् ।
हालसम्म ५४ हजार ४ सय २४ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पीसीआरबाट नमुना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ हजार २ सय ८२ जना क्वारेन्टिनमा बसेका छन् । विभिन्न अस्पतालमा उपचाररतमध्ये १ सय ५५ जना निको भई घर फर्किएका छन् । ४६ जिल्लामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । आजको राजधानी दैनिकबाट

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...