CG Electronics
IME Life
NIMB

पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता

NIMB
Himalayan Bank

काठमाडौं –राष्ट्र बैंकले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योगलाई प्राथमिकता दिइएको पनि बताएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा २०७६ चैतदेखि २०७७ जेठसम्म भुक्तानी गर्नुपर्ने कर्जा दायित्वहरूलाई २०७७ असार मसान्तसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको र चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

पर्यटन तथा यातायातलाई शीघ्र ऋण
२०७६ पुस मसान्तसम्म साँवा ब्याज नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीले अल्पकालीन कर्जा माग गरेमा साँवा तथा ब्याज बक्यौता रहे पनि आवश्यकता अनुसार निश्चित सीमासम्म पाँच कार्यदिनभित्र कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोभिड १९ सङ्क्रमितको उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार वा स्तरोन्नति गर्न चाहने निजी स्वास्थ्य संस्थामा प्रवाह भएको कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको समीक्षामा उल्लेख छ । वैदेशिक रोजगारीमा जान अनुमति लिएका तर सङ्क्रमणका कारण रोजगार गन्तव्यमा जान नपाएका व्यक्तिले सङ्क्रमण जोखिम सकिएपछि मुलुकभित्रै उद्योग व्यवसाय सञ्चालन गर्न कर्जा माग गरेमा निवेदन दिएको सात कार्य दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता बढाई आर्थिक गतिविधि चलायमान बनाउन कन्ट्री साइक्किर बफरसम्बन्धी व्यवस्था स्थगन गरिएको छ । बन्दाबन्दीको अवधिमा भुक्तानी कारोबार सहजीकरण गर्न र विद्युतीय भुक्तानीे कारोबारलाई प्रोत्साहित गर्न आरटीजीएसमार्फत गरिने कारोबारमा २०७६ चैत १० देखि अर्को सूचना जारी नभएसम्मका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । त्यसैगरी मोवाइल बैंकिङ, इन्टरनेट बैकिंङ, वालेटजस्ता माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा वृद्धि गरिएको जनाएको छ ।

सरकारको आन्तरिक ऋण घट्यो
सरकारको चालू आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन घटेको छ । चालू आवमा सरकारले १९५ अर्ब रुपियाँ आन्तरिक ऋण परिचालन गर्ने सरकारले लक्ष्य राखेकामा २०७७ जेठ ९ गतेसम्म १४५ अर्ब १४ करोड रुपियाँ मात्र आन्तरिक ऋण परिचालन भएको जनाइएको छ ।

त्यस्तै चालू आवको २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा ३१ अर्ब ६९ करोड रुपियाँ तरलता प्रवाह भएको छ । यसअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत रु। एक अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख गरेको छ । आजको गोरखापत्र दैनिकबाट

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...