जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने
Sunday May 31, 2020
वि.सं.२०७७ जेठ १८ आइतवार ११:१३

काठमाडौं –सरकारले काेराेना भाइरस नियन्त्रणका लागि लागू गरेकाे जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन जेठ २० गते सकिंदैछ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो । त्यस्तै असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।






















