CG Electronics
IME Life
NIMB

शिक्षामा बजेट वृद्धि गर्न माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं –आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षामा कम बजेट विनियोजन गरिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका छन् ।

शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनु पर्ने विद्यार्थी आन्दोलनको माग विपरित मात्रै ११ प्रतिशत बजेट विनियोजन भएको भन्दै उनीहरुले बजेट वृद्धि गर्न माग गरेका छन् ।

निजी विद्यालयलार्य सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारको जिम्मा दिने योजनाप्रति विद्यार्थी संगठनहरुले गम्भीर आपत्ति जनाउँदै तत्काल सो निर्णय खारेज गर्न माग गरेका छन् ।

सामाजिक उत्तरदायित्वको नाममा गरिएको सो व्यवस्था कुनै पनि हालतमा शैक्षिक सुधारको पाटो हुन नसक्ने उनीहरुको भनाई छ । यसैगरी निजी विद्यालयहरुले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गरी पठनपाठन सञ्चालन गर्ने भनेको प्रति पनि आफूहरुको ध्यानाकर्षण भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल पाँचौँ, राष्ट्रिय विद्यार्थी संघ, राप्रविसंघ, राप्रविसंघ (संयुक्त) र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका हुन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...