CG Electronics
IME Life
NIMB

क्रिएशन र कोका—कोलाद्वारा सफतलापूर्वक दोस्रो साताको राहत वितरण सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं – क्रिएशन नेपालले द कोका—कोला फाउन्डेशनको सहयोगमा आयोजना गरेको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरुमा सफलतापूर्वक दोस्रो हप्ताको राहत वितरण सम्पन्न भएको छ ।
उक्त टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट र राशन प्याकेजहरु वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाईकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सबीन प्रधानको उपस्थीतिमा वितरण गरिएको थियो ।

सोही दिन काठमाडौंमा राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितीमा दोस्रो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनहरुमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानिलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुट सहित २५२ भन्दा बढि राशन प्याकेजहरु र १७५ रक्षात्मक सामग्रीहरु प्रदान गरएको छ । यी वितरण कार्यक्रमहरु हाम्रा पार्टनरहरु वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरुको सहयोगमा सफलतापूर्वक संचालन भइसकेका छन् ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा गत जेठ २ गतेबाट शुरु भएको हो जस मार्फत हालसम्म ११०० भन्दा बढि सफाईकर्मीहरु राशन प्याकेजहरु र रक्षात्मक सामग्री साथ—साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् । यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको थियो । यो परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मदत पुराउने छ ।

यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले “यो कोभिड—१९ महामारीको वर्तमान अवस्थामा समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाईकर्मीहरुको योगदानलाई महसुस गर्न महत्वपूर्ण छ ।
उनीहरुले सामना गरिरहेको चुनौति र कठिनाइहरुका बाबजुद, उनीहरुले आफ्नो काम जारी राखिरहेका छन् । उनीहरु पनि अन्य व्यवसायी —डाक्टर र सुरक्षा गार्डहरु जस्तै समान रुपमा अग्रपंतिमा छन् र उनीहरुलाई आभार प्रकट गर्नु महत्वपूर्ण छ ।
द कोका—कोला फाउन्डेशनको सहयोगमा हाम्रो यो पहल हाम्रा सफाईकर्मीहरुको सेवाप्रति कृत्रिज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास हो । हाम्री आशा गर्दछौं कि हामीले हाम्रो प्रतिक्रियाको माध्यमबाट उनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्दछौं ।”
कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले “हामी सबै अग्रपंतिका शाहसी सफाईकर्मीहरुलाई हार्दिक आभार प्रकट गर्दछौं ।

हामी सबै सफाईकर्मीहरुको साथमा छौं र क्रिएशनसंगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाईकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्दछौं ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक र बोटलर्स नेपाल तराई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले “हामी राष्ट्रको रुपमा अझ मजबुत भएर निस्कनेछौं भन्ने सुनिश्चित गर्न यो चालू परिस्थितिमा हामी सबैको सहयोग र योगदान आवश्यक छ । यो परियोजना वर्तमान स्वास्थ्य संकटको बाबजुद अग्रपंतिमा रहेका सफाईकर्मीहरुलाई सहयोग गर्ने महत्वपूर्ण प्रतिक्रिया हो । हामी हाम्रो मानिसहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध छौं र नेपालभरका समुदायहरुलाई निरन्तर सहयोग गर्नेछौं ।”

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...