CG Electronics
IME Life
NIMB

अनलाइन कारोबारमा नेप्सेबाटै ‘अवरोध’

NIMB
Himalayan Bank

काठमाडौं – दोस्रो बजारमा नयाँ सिस्टमसहित पूर्ण अनलाइन कारोबारमा जान नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाटै अवरोध भइरहेको धितोपत्र दलाल (ब्रोकर)हरूले आरोप लगाएका छन् । स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष भरत रानाभाट नेप्सेले पुरानो र नयाँ सिस्टमबीच इन्टिग्रेसन वा लिंक अप नगरिदिँदा कारोबार सेटलमेन्टमा समस्या देखिएको बताउँछन् ।

यसबारे पटक‑पटक जानकारी गराउँदा पनि समाधान नगरिएको उनको भनाइ छ । अध्यक्ष रानाभाटका अनुसार नेप्सेको कामगराइमा धेरै समस्या छ । ‘हामीले ३० हजारभन्दा बढी लगानीकर्तालाई अनलाइन ट्रेडिङमा जोडिसकेका छौँ,’ उनी भन्छन्, ‘तर नेप्सेको अहिलेको सिस्टमबाट काम गर्न धेरै समस्या छ ।’ यसबारे धितोपत्र बोर्ड र नेप्सेलाई धेरैपटक जानकारी गराए पनि समाधान नभएको उनले बताए ।

‘हामी विगतदेखि नै ब्याक अफिस सिस्टममा काम गरिरहेका थियौँ,’ अध्यक्ष रानाभाट भन्छन्, ‘अहिले नेप्सेले टिएमएस सिस्टम बनाएर काम गर्न भन्यो तर यी दुई सिस्टमबीच न इन्टिग्रेसन गरिदिएको छ न त लिंक अप नै, यस्तो अवस्थामा हामीले म्यानुअल्ली दुई ठाउँमा कारोबारको हिसाब इन्ट्री गर्नुपर्ने हुन्छ ।’ दुई‑चार जना लगानीकर्ताको हकमा भए कुनै समस्या नहुने तर १०‑१२ हजार लगानीकर्ताको हकमा दुई ठाउँ इन्ट्री असम्भव हुने उनले स्पष्ट पारे ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउद भने टिएमएसमा काम गर्न ब्रोकर कार्यालयहरूलाई धेरै अघिदेखि भनिरहेको बताउँछन् । ‘अनलाइन कारोबार गर्न ब्रोकरलाई कुनै समस्या छैन, हामीले टिएमएसबाट सबै काम गर्न भनिसकेका छौँ,’ उनले भने, ‘यसमा अब ब्रोकर र लगानीकर्ताले मिलेर काम गर्ने हो । हामी लगानीकर्ताका खाना नम्बर त मागिदिन सक्दैनौँ नि हैन ?’

सिइओ साउदले लगानीकर्ताको डिटेल लिने र अनलाइन कारोबारका लागि प्रेरित गर्ने काम ब्रोकरले गर्नुपर्ने बताए । ‘हामीले आफ्नोतर्फबाट सबै काम सकेका छौँ,’ उनले भने, ‘अब गर्ने भनेको ब्रोकर र लगानीकर्ताले नै हो ।’

तर, स्टक ब्रोकर एसोसिएनका अध्यक्ष रानाभाट नेप्सेको अहिलेको सिस्टममा अकाउन्टिङ र रिस्क म्यानेजमेन्ट सिस्टम पनि नभएको तर्क गर्छन् । त्यस्तै, अनलाइनबाट सबै काम गर्न सहज नभएको उनले बताए । ‘भात पका भनेर पानी नदिएजस्तो भइरहेको छ,’ उनले भने, ‘यसबारेमा धेरैपटक कुरा भए पनि ‘आइटी पोलिसी बन्दै छ’ भनेर अल्मल्याउने काम भएको छ ।’ डेढ वर्षदेखि यस्तै चलिरहेको उनले बताए । पूर्ण अनलाइन कारोबारका लागि ब्रोकर जतिबेलै तयार रहे पनि सेटलमेन्टको समस्याका कारण झन्झटिलो भइरहेको उनले स्पष्ट पारे ।

नेप्सेको नयाँ वेबसाइट पनि बनिसकेको छैन । नेप्सेका सिइओ साउदले नयाँ वेबसाइट बनिसकेको बताए पनि वेबसाइट खुलेन । प्राविधिकका अनुसार नयाँ वेबसाइटमा एसएसएल (सेक्युअर सकेट्स लेयर) व्यवस्थापन नै भइसकेको छैन ।

यस विषयमा धितोपत्र बोर्ड भने निरीह देखिएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अनलाइन कारोबारलाई सुधार गर्ने विषय नेप्से र ब्रोकरहरूको भएकाले चासोका साथ फलो गरिरहेको बताउँछन् । उनले ब्रोकरहरूले नेप्सेको नयाँ सफ्टवेयर टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) बाट काम गर्ने प्रक्रिया सुरु भइसकेको बताए । ‘अनलाइन कारोबारलाई सुधार गर्ने नै अहिलेको मुख्य काम हो, त्यसका लागि नेप्सेको टिएमएसबाट इन्ट्री सुरु भइसकेको छ,’ अध्यक्ष ढुंगाना भन्छन्, ‘लकडाउनका कारण अरु धेरै काम अड्किएका पनि छन् ।’ तर, उनले भनेअनुसार टिएमएस बाट काम भइरहेको छैन ।

अनलाइन सेक्युरिटिजका प्रबन्ध निर्देशक अनन्त पौडेल पनि अहिले लगानीकर्ताले सेयर किनेपछि इडिआइएस चेक पठाइदिन सक्ने तर कनेक्ट आइपिएसबाट टिएमएसमा पैसा लोड गरेको ब्रोकरलाई खबर गर्नैपर्ने स्थिति रहेको बताउँछन् । ‘यसलाई अटोमेटिक बनाउने कुरा डेढ वर्ष अघिदेखि नै भएको हो,’ उनले भने, ‘तर अहिलेसम्म हुन सकेको छैन । यसलाई नेप्सेले मिलाउनुपर्छ ।’ एकै दिनमा ३५ हजार लगानीकर्ताले समेत सेयर कारोबार गरेको उदाहरण दिँदै उनले भने, ‘खबर गरेर कसरी साध्ये लाग्छ ?’

लकडाउनको समयमा धितोपत्र बोर्ड र नेप्सेले यस्ता धेरै काम सहज गर्न सक्ने भए पनि गरेनन् । बोर्डका अध्यक्ष ढुंगाना लकडाउनका कारण धेरै काम अड्किएको बताउँछन् । तर, नेप्सेका सिइओ साउदले भनेझैँ आइटी पोलिसी बनाउन लकडाउनले कुनै बाधा गर्ने थिएन । बोर्डका अध्यक्ष ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि आफूलाई नसोध्न आग्रह गरे । ‘यो दुई वर्षदेखि सुन्दै आएको विषय हो,’ उनले भने, ‘यसबारेमा म प्रतिक्रिया दिन चाहन्छ ।’

अहिले अनलाइन कारोबारकै सहजताका लागि ग्लोबल आइएमई, प्रभु, सिद्धार्थ र नेपाल इन्भेस्टमेन्ट बैंकलाई क्लियरिङ बैंकको कार्य गर्ने अनुमति दिइएको छ । तर, हालसम्म ग्लोबल आइएमई र प्रभुले मात्र यो काम गरिरहेका छन् ।

सेयर विश्लेषक रविन्द्र भट्टराई बोर्ड र नेप्सेले लकडाउनको अवधिमा धेरै काम गर्न सक्ने भए पनि नगरेको बताउँछन् । ‘लकडाउनको समयमा सिडिएसको सिस्टममा सुधार गर्न सकिन्थ्यो, पूर्ण अनलाइनमा जान वेबसाइट निर्माण भइसक्थ्यो,’ उनी भन्छन्, ‘कारोबारको समयमा गर्न नसकिने धेरै काम अहिले गर्न सकिन्थ्यो तर गरेको पाइएन ।’

(newskarobar.com)

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...