Nabil Bank
prabhubank
nic bank

ग्लोबल आईएमई बैंकले सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं – ग्लोबल आईएमई बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आई.एम.ई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् ।

यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, बीमा रकम भुक्तानी, कोभिड-१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।

सन् २०१२ मा स्थापना भएको ग्लोबल आईएमई बैंकले २५७ शाखाहरु, ३८ एक्स्टेन्सन काउन्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र २४३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:००

  काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ...

कुमारी बैंक र कान्तिपुर डेन्टलबीच छुट सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टलबीच छुट सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २०:५६

  काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग...

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २०:४२

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २०:३८

  काठमाडौं। नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श, प्रतिपक्षी दलप्रति सत्ता गठबन्धन सतर्क

प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श, प्रतिपक्षी दलप्रति सत्ता...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १९:३५

  काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको बजेट अधिवेशन संचालन...

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुध्द, सभामुख परामर्शमा व्यस्त

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुध्द, सभामुख...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १६:२२

  काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको...