nic bank
himalayan everesat
Nmb bank

एनआईसी एशिया बैंकले ८.२५ प्रतिशत व्याजमा घर र सवारी कर्जा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ग्राहकहरु माझ सार्वजनिक गरेको छ ।

बैंकले ग्राहकमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको छ । यस अन्तर्गत बैंकले ८।२५ प्रतिशत ब्याजदर तथा ०।२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष ९मोरेटोरियम पिरड ५ वर्ष समेत गरी० कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम पिरड लिन सकिने र उक्त मोरेटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ । यस बाहेक फेक्जिबल ईएमआई मार्फत ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण९स्वाप० गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण९स्वाप० गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम २ करोड रुपैयाँ कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...