नेपाल इन्भेस्टमेन्ट बैंकद्धारा म्याग्दी जिल्लाको पहिरो पिडितलाई सहयोग
Friday Jul 17, 2020
वि.सं.२०७७ साउन २ शुक्रवार २३:३६

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व ९सीएसआर० कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी, ज्ञाननाथ ढकाललाई २० वटा पाल ९टेन्ट० र १०० वटा कम्बल प्रदान गरेका छन् ।
बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दस जनासम्मले आश्रय लिन सक्ने बैंकले जनाएको छ । पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति गरेको बैंकले बताएको छ ।
























