सेयर धितो कर्जामा इन्भेष्टमेन्ट बैंकले ल्यायो आकर्षक योजना
Friday Jul 17, 2020
वि.सं.२०७७ साउन २ शुक्रवार २३:३२

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयरधितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरिएको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि भनिएको छ ।
यसअघि १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ६५ प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो । मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आकर्षक स्कीम ल्याएको छ ।
इन्भेष्टमेन्ट बैंकले एक वर्षसम्म व्याजदर परिवर्तन नहुने गरी सेयर धितो कर्जा प्रदान गर्ने स्कीम ल्याएको छ । र, कर्जाको व्याजदर पनि ९।९९ प्रतिशत कायम गरिएको छ ।
‘एक वर्षसम्म ९।९९ प्रतिशत मात्रै व्याज हुने गरी सेयर धितो कर्जा प्रवाह गरिरहेका छौं, यस्तो सुविधा प्रयोग गर्नको लागि बैंकको नजिकको शाखामा सम्पर्क गर्नुहोला,’ नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ग्राहकलाई पठाएको एसएमएसमा उल्लेख छ ।
























