CG Electronics
IME Life
NIMB

नेपाललाई विश्व बैंकको १४ अर्ब सहयोग युवा रोजगारीका लागि

NIMB
Himalayan Bank

काठमाडौं – युवा रोजगारीको लागि नेपाललाई विश्व बैंकको १४ अर्ब सहयोग
विश्व बैंकको सहयोगमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना सञ्चालनमा ल्याएको छ । यस आयोजनाका लागि विश्व बैंकले १४ अर्ब ९१२० मिलियन अमेरिकी डलर० सहयोग गरेको छ ।

श्रममन्त्री रामेश्वर राय यादव र माल्दिभ्स नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सोमबार संयुक्त रूपमा कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । आयोजनाको अवधि चार वर्षको हुनेछ ।

उक्त अवसरमा मन्त्री यादवले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा श्रम बजार प्रभावित भएको र ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनुपरेको सन्दर्भमा तीनै तहबाट आयोजनाको परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताए । आन्तरिक श्रम बजारमा रोजगारीका अवसरहरू विस्तार गर्दै बेरोजगारलाई रोजगारी उपलब्ध गराउने र श्रम बजारका आधारभूत सूचनाहरू एकीकृत गरी श्रमिक सूचना बैंकसहितको स्वचालित पद्धति सुरु गर्न रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिमा यस आयोजनाको महत्वपूर्ण योगदान रहने स्पष्ट पारे ।

समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक हदाद जर्भोसले आयोजनाले चालू आवमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत–सम्भार तथा स्तरोन्नति गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलब्ध गराउने बताए । विश्व बैंकको सहयोग रणनीतिलाई प्रस्ट्याउँदै हदाद जर्भोसले बैंकले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न तत्पर रहेको बताए ।

नेपाल सरकार र विश्व बैंकबीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कुल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत–सम्भार तथा स्नरोन्नति गर्ने कार्यमार्फत रोजगारी सिर्जना खर्च गरिनेछ । जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ ।

आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिएअनुरूप कुल लाभग्राहीमध्ये ६० महिला लाभान्वित हुनेछन् । स्थानीय तहका ७ सय ५३ रोजगार सेवाकेन्द्र सुदृढीकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम आदि क्रियाकलाप सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...