CG Electronics
IME Life
NIMB

घुस लिनेलाई पनि छाड्दैनौं,उजुरी आए मन्त्रीलाई पनि समात्छौंः अख्तियार प्रमुख

NIMB
Himalayan Bank

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् ।

अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’ सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घिमिरेले स्टिङ अपरेसनको पनि खुलेरै बचाउ गरे ।

सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको उनको भनाइ छ ।

सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रक्रियामा अनुसन्धान जारी

यस्तै प्रमुख आयुक्त घिमिरेले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रक्रिया प्रकरणमा छानविन भइरहेको बताएका छन् । आयोगले यो विषयलाई प्राथमिकताका साथ अध्ययन गरिरहेको उनले बताए । अहिले यसबारे बयान लिने काम भइरहेको उनले बताए । सो प्रिटिङ प्रेस खरिद प्रक्ररणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

यस्तै घिमिरेले मन्त्रिपरिषदबाट हुने खरिद प्रक्रियालाई अख्तियारले हेर्ने गरी कानून बनाउन आग्रह गरेका छन् । मन्त्रिपरिषदको निर्णयलाई हेर्न वस्तुपरक कानून नभएकोले आयोगले हेर्न नसकेको बताउँदै त्यसका लागि ठोस नियम बनाउने जिम्मेवारी संसदकै भएको उल्लेख गरे ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...