सिटिजन्स बैंकले मुगुको गमगढीमा शाखा विस्तार
Tuesday Aug 04, 2020
वि.सं.२०७७ साउन २० मंगलवार १८:२७

काठमाडौं – सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा मंगलबारबाट गमगढी शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको हो ।
नेपालीहरु माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
त्यस शाखा मार्फत ग्राहकहरुलाई वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
























