एसियन लाईफ इन्स्योरेन्सले ४ अर्ब ५९ करोड खुद बीमा शुल्क आर्जन गरे
Saturday Aug 15, 2020
वि.सं.२०७७ साउन ३१ शनिवार २२:००

काठमाडौं – एसियन लाईफ इन्स्योरेन्सले गत आवमा १८ करोड १८ लाख नाफा आर्जन गरेको छ । इन्स्योरेन्सले अघिद्यल्लो आवको तुलनामा नाफाको अलाव बिमा शुल्क पनि बृद्धि गरेको छ ।
एसियन लाईफ इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ७ करोड १९ लाख नाफा बढाउन सफल भएको छ । इन्स्योरेन्सले ३२ करोड ४४ लाख खुद बीमाशुल्कबाट बढेर ४ अर्ब ५४ करोड ८ लाख पुर्याउन सफल भएको छ । इन्स्योरेन्सले बीमालेख धितोमा २ अर्ब ४५ करोड ४४ लाख तथा कर्जा प्रवाह गरेर ११ करोड ४० लाख कमाएको छ । एसियन लाइफ इन्स्योरेन्सले ५२ करोड ५ लाख ४० हजार दावी भुक्तनी गरेको छ ।
२ अर्ब १ करोड ७ लाख चुक्ता पूँजी रहेको एसियन लाइफको जगेडा कोषमा ५४ करोड ७० लाख तथा जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ हजार रहेको छ । त्यसैगरी महाविपत्ती कोषमा ६ करोड १२ लाख रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ५९ करोड बीमाशुल्क आर्जन गरेको छ ।























