CG Electronics
IME Life
NIMB

मनहरीबाट धादिङ जोड्ने परेवाभीर खण्डमा सडक बनाउन सांसद खतिवडाले ल्याए दुई करोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

राक्सिराङ। मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अबरोध मानिएको परेवाभीर खण्डमा व्यवस्थित सडक निर्माणका लागि संघीय सरकारको तर्फबाट दुई करोड रुपियाँ बिनियोजन भएको छ ।

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको पहलमा परेवाभीर खण्डको सडक निर्माणका लागि अर्थ मन्त्रालयले २ करोड रुपियाँ बिनियोजन गरेको हो । मन्त्रालयले परेवाभीर खण्डमा बाटो बनाउनका लागि राक्सिराङ गाउँपालिकाका लागि ससर्त अनुदानको रुपमा २ करोड रुपियाँ उपलब्ध गराउने भएको हो । आधिकारिक पत्र लेखेर मन्त्रालयले राक्सिराङ गाउँपालिकाले ससर्त अनुदानको रुपमा रकम उपलब्ध गराउने ग्यारेन्टी गरेको सांसद बिरोध खतिवडाले जानकारी दिनुभयो ।

६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने परेवाभीर खण्ड निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक बर्षमा बजेट कार्यान्वयन हुने गरी बहुबर्षीय ठेक्का आह्वान गरिसकेको छ । अब थप दुई करोड रुपियाँ संघीय सरकारको समेत थपिएपछि परेवाभीर खण्ड अर्को आर्थिक बर्षसम्ममा निर्माण भइसक्ने अपेक्षा गरिएको छ ।

मनहरी–मलेखु जोड्का लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै नयाँ सडकको परिकल्पना गरिएको छ । प्रदेश सरकारले पनि यो खण्डलाई पुष्पलाल चक्रपथ नाम दिएर बजेट बिनियोजन गरेको छ । तर, परेवाभीर खण्डमा बजेट हाल्न नसकिने भएकाले बिकल्प खोजिने भन्दै प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले सार्बजनिक अभिव्यक्ति दिएपछि विवाद बढेको थियो ।

सो क्रममा सकेसम्म प्रदेश सरकारले नै यो खण्ड टुंग्याउनुपर्ने र आवश्यक पर्ने रकम संघीय सरकारबाट व्यवस्थापन गर्ने आश्वासन सांसद खतिवडाले दिनु भएको थियो । सोही बमोजिम अर्थ मन्त्रालयबाट बजेट व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...