CG Electronics
IME Life
NIMB

विद्युतले २५ प्रतिशत जरिवाना लिएकोमा सांसद यादव नेता कार्यकर्ता लिएर विद्युतमा धर्ना 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार जनता समाजवादी पार्टीका साँसदसहितका कार्यकर्ताले धर्ना दिएका छन् ।प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको र अनावश्यक रुपमा विद्युत कटौती गर्न थालेको भन्दै उनीहरु धर्ना बसेका हुन् । विहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्राधिकरण कार्यालयको मुल गेटमा संघीय साँसद प्रदिप यादव, प्रदेश साँसद मञ्जुर आलम लगायतका नेता कार्यकर्ताहरु धर्ना बसे ।

धर्नामा सहभागीहरुले अनावश्यक लोडसेडिङ अन्त्य गर, लकडाउन अवधिको विद्युत महसुलमा अनावश्यक जरीवना लिन पाईदैन, पार्किङको व्यवस्था गर लगायतको नारा समेत लगाएका छन् । विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनमै २५ प्रतिशत जरीवना लिन थालेको उनीहरुको आरोप छ ।

सर्वोच्च अदालतले लकडाउनलाई जिरो आवर मानेको तर विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनबाटै विद्युत महसुलमा २५ प्रतिशत जरीवना लिएर पर्साबासीलाई अनावश्यक दुःख दिइरहेको सांसद यादवले बताए ।

उनले पैसा बुझाउन एक महिना समय दिनुपर्ने र २५ प्रतिशत जरीवना अर्को बिलमा मिलान गर्नुपर्ने माग समेत गरे । आफुहरुले गरेको माग पुरा नभए प्राधिकरण बिलिङ शाखामा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी समेत उनले दिए ।

यता, वितरण केन्द्रका प्रमुख शम्भु कुशेत यादवले बिलिङ सिस्टम सेन्ट्रल नै भएकोले आफूले बढी लिने वा कम लिने तथा जरीवना लिन सक्ने अवस्था नरहेको बताए ।

भदौ २३ गतेबाट निषेधाज्ञा खुकुलो भएपछि भदौ २५ गतेदेखि नै विद्युत महसुल काउन्टर सञ्चालनमा ल्याएको, असोज ७ गतेभित्र महसुल बुझाउँदा नियम अनुसार रिवेट दिएको र असोज १५ गतेसम्म महसुल भुक्तानीमा जरीवना नलाग्नुपर्नेमा विलिङ सिस्टममा प्राविधिक त्रुटि हुन गई जरीवना लिइएको उनको भनाई छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...