एपीएफ टोलीद्वारा रमनटार स्थित राप्ती खोलाको किनारबाट गाँजा बरामद
Tuesday Sep 29, 2020
वि.सं.२०७७ असोज १३ मंगलवार २१:११

काठमाडौं । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १२ रमनटार स्थित राप्ती खोलाको किनारबाट असोज १२ गते एपीएफ टोलीले करीव ५२ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल आईराटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै ना २ ह १३१० नम्बरको अटोका चालक उक्त अटो सोही ठाउँमा छाडी फरार भएपछि सो अटोमा जाँच गर्दा उल्लेखित गाँजा फेला परेको हो । एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद गाँजा तथा अटो स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी सिरहा जिल्लाको सुखिपुर नगरपालिका ४ बनैनिया चोकबाट असोज १२ गते एपीएफ टोलीले करीव १९ के.जी. गाँजा बरामद गरेको छ ।को २९ प १४८७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउँने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा र मोटरसाईकल छाडी फरार भएका थिए । बरामद गाँजा तथा मोटरसाईकल स्थानीय प्रहरीमा बुझाईएको छ ।
























