CG Electronics
IME Life
NIMB

नेपाल-भारत सीमा खोल्न वीरगंजका मेयर सरावगीको प्रस्ताव, भन्छन्, ‘बर्बाद भइसक्यो’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वीरगंज। वीरगंजका मेयर विजयकुमार सरावगीले नेपाल सरकारले भारतीय सीमा उच्च सतर्कता अपनाएर खोल्नुपर्ने प्रस्ताव गरेका छन्। वीरगंजको भिस्वाडाँडामा पर्यटन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सीमा खोल्न प्रस्ताव गरेका हुन्।

भिजिट मधेस नेपालले तराईको २२ वटा जिल्लामा पर्यटन दिवस मनाएको थियो। वीरगंजको पर्यटकीय स्थलको रुपमा चिनिने भिस्वाडाँडामा पनि अन्तरक्रिया गर्दै पर्यटकविनाको पर्यटन दिवस मनाइयो। अन्तरक्रियामा मेयर सरावगीले वीरगंजको होटल व्यवसायी सुक्न लाग्काले प्राण भर्न आवश्यक मापदण्ड पालना गरी नेपाल–भारत सीमा खोल्न आग्रह गरे

वीरगंजको पर्यटन व्यवसाय सुकी सकेको छ, बर्बाद भइसक्यो, करोडौको लागानी डुब्ने खतरा छ,’ उनले भने, ‘वीरगंज नेपालको गेटवे अफ नेपाल हो, वीरगंज–रक्सौल नाका खोलियो भने वीरगंज, पर्साको मात्र भलाई हुँदैन, प्रदेश २ कै ८ जिल्लाको पर्यटन व्यवसायसँगै नेपालकै पर्यटन व्यवसायमा चमक आउन सक्छ।’

अहिले भारतमा पनि कोरोनाको तनाबबीच कतिपय मानिस नेपाल आउन खोजिरहेका छन्, बिहारमा मदिरा बन्द छ, वीरगंजमा कोरोना संक्रमण नियन्त्रण हुन थालेको छ, वैवाहिक गेदरिङ तथा अन्य समारोहमा पनि भारतीय पर्यटकलाई वीरगंजमा स्वागत गरी पुनः पर्यटन व्यवसायलाई बुस्ट अप गर्नुपर्ने उनको जोड थियो।

वीरगंज पब्लिक कलेजका सञ्चालक डा। दीपक शाक्यले प्रदेश २ का सम्पूर्ण पर्यटकीय गन्तव्यलाई नयाँ पहिचान र प्रवर्द्धन गरी अगामी दिनमा अघि बढनु पर्ने जोड दिए।

पर्यटक पत्रकार संघका अध्यक्ष शंकर अर्चायले वीरगंजमा पर्यटन टिकाई राख्न र कम्तिमा ३ दिनको प्याकेज विकास गर्नको लागि आवश्यक गन्तव्यको छनौट र आवश्यक आधुनिक सुविधा समेत उपलब्ध नभएसम्म पर्यटन व्यवसायमा वीरगंजको विकास गर्न चुनौती रहेको बताए।

होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य माधव बस्नेतले भारतीय सीमाना नखोलेसम्म वीरगंजको होटल व्यवसाय धरासाय हुने बताए। वीरगंज आर्थिक नगरीसंगै औद्योगिक कोरिडोर भएको साथसाथै, नेपालकै छोटो नाका भएकोले पनि पर्यटन व्यवसायमा यो क्षेत्रको ठूलो योगदान रहेकोले सरोकारवाला निकायले मिलेर वीरगंजमा आउने पर्यटकलाई नयाँ चिज दिएपछि पर्यटन व्यवसाय फड्को मार्ने वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले धारणा राखे।

कार्यक्रममा भिजिट मधेस नेपालका केन्द्रीय अध्यक्ष ओमप्रकाश सर्राफले पछिल्लो ७ महिनामा कोरोना महामारीको कारण तराईका २२ जिल्लाको पर्यटन व्यवसायमा कस्तो असर परेको र के गर्दा अहिलेको परिस्थितिबाट उन्मुक्ति पाउन सकिन्छ भन्ने सन्देश सहितको कार्यपत्र प्रस्तुत गरेका थिए

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...