तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
Saturday Oct 03, 2020
वि.सं.२०७७ असोज १७ शनिवार २१:१४

दाङ। बबई गाउँपालिका-३ धनुवास बस्ने केशब भन्ने ३७ वर्षीय केश कुमार बिकको घरमा तास खेलिरहेको अवस्थामा बिक समेत ८ जनालाई नगद २ लाख ६१ हजार ९ सय ९० रुपैयाँ तथा १ गड्डी तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
























